Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ड्रोनबाट राहत वितरण

ड्रोनबाट राहत वितरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
ड्रोनबाट राहत वितरण

काठमाडौं।बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्‍याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दशैंका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट क्षेत्रमा राहत वितरण गर्न ड्रोन प्रभावकारी बनेको बताए। “हामीसँग चार वटा ड्रोन छन्। रसुवा र गोरखामा सडक सम्पर्क विच्छेद भएका स्थानमा ड्रोनमार्फत राहत वितरण भइरहेको छ,” उनले भने। बाढीमा सडक, पुललगायत भौतिक पूर्वाधार बगेपछि राहत सामग्री आपूर्ति गर्न प्राधिकरणलाई चुनौती थपिएको छ। प्रभावित नागरिकको उद्धार र राहतमा प्राधिकरणले ड्रोनको अधिकतम उपयोग गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँको रमझमसँगै धान भित्र्याउने चटारो
ताजा खबरJust now

दसैँको रमझमसँगै धान भित्र्याउने चटारो

दसैँको उल्लाससँगै देशका विभिन्न स्थानमा किसानलाई धान काटेर भित्र्याउने चटारो छ। खेतमा पाकेर पहेँलपुर भएको धान काट्न, सुकाउन र थन्क्याउन किसान व्यस्त छन्। कतै परिवारका सदस्य मिलेर खेतमा धान काटिरहेका छन् त कतै काटेको धानका भारी बोकेर घर पुर्‍याउने र दाइँ गरेर अन्न छुट्याउने तयारी भइरहेको छ। नेपाली समाजमा दसैँ र खेतीपातीको आफ्नै सम्बन्ध छ। वर्षभरि खेतबारीमा पसिना बगाएका किसानका लागि ...

नेपालन्युज
जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार
ताजा खबरJust now

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया युवतीलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले... ...

रातोपाटी
श्रम र श्रमदान : पुर्खाको पसिनादेखि वर्तमान विकाससम्म
ताजा खबरJust now

श्रम र श्रमदान : पुर्खाको पसिनादेखि वर्तमान विकाससम्म

मानव समाजको इतिहास केवल ठूलो राजनीतिक परिवर्तन, युद्ध र शासन व्यवस्थाको इतिहास मात्र होइन । यो मानिसले आफ्नो समय, सीप, श्रम र सामूहिक प्रयासबाट निर्माण गरेको इतिहास पनि हो ।... ...

रातोपाटी
रोनाल्डोलाई २५५ युरो जरिवाना,३० दिन निलम्बन
ताजा खबरJust now

रोनाल्डोलाई २५५ युरो जरिवाना,३० दिन निलम्बन

काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले २५५ युरो अर्थात् झण्डै ४३ हजार ४२० रुपैयाँ जरिवाना गरेको छ । प्रशिक्षकसँगको विवादपछि गत महिना राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोमाथि महासंघको अनुशासन समितिले कारबाही गरेको हो । रोनाल्डोले प्रशिक्षक जोर्गे जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै यसलाई विश्वासको गम्भीर उल्लङ्घन भनेका थिए। तर, प्रशिक्षक जेसुसले भने ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play