Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?

दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?

काठमाडौं। दसैँको समयमा नेपाली भान्सामा मासुका विभिन्न परिकार पाक्ने गर्छन्। मासु प्रोटिन, खनिज तत्व, भिटामिन बी, जिंक र पोटासियमको राम्रो स्रोत भए पनि यसको अत्यधिक र असन्तुलित उपभोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। पोषणविद् रुजु खड्काका अनुसार मासुलाई सही ढंगले नपकाउँदा र धेरै खाँदा पाचन प्रणालीमा समस्या, टाउको दुख्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने जस्ता समस्या देखिन सक्छन्। लामो समयसम्म मासु सञ्चित गरेर तताउँदै खाने वा सुकुटी बनाएर राख्ने चलनले मासुको पोषक तत्व नष्ट हुनुका साथै स्वास्थ्यमा प्रतिकूल असर पार्छ। पोषणविद् खड्काका अनुसार विश्व स्वास्थ्य संगठनले एक हप्तामा ४३० ग्राम मासु खान सुझाव दिएको छ। बालबालिकाले दैनिक ४० देखि ६० ग्राम र वयस्कले १२० ग्रामसम्म मासु खान सक्ने उनको भनाइ छ। १८ वर्षभन्दा कम उमेरका बालबालिकाले रातो मासु खान मिल्ने भए पनि ५० वर्षभन्दा माथिका व्यक्तिले भने रातो मासुबाट टाढै रहनु उचित हुन्छ। ज्येष्ठ नागरिकको पाचनशक्ति कमजोर हुने र मुटुरोगको जोखिम बढी हुने भएकाले उनीहरूले चिल्लो कम भएको मासु खानुपर्छ। उच्च रक्तचाप, मधुमेह र युरिक एसिडका बिरामीले मासु खाँदा विशेष सचेत हुनुपर्छ। यस्ता व्यक्तिले रातो मासु नखाई नुनको मात्रा कम गरेर खानुपर्ने खड्काको सुझाव छ। मासु पकाउँदा धेरै तेल र मसलाको प्रयोग गर्नुको साटो पोलेर वा डढाएर पकाउनु हुँदैन। पोलेको मासु पेटको क्यान्सरको मुख्य कारण मानिन्छ। मासुसँगै हरियो सागसब्जी, सलाद र फलफूल मिसाएर सन्तुलित आहार बनाउनु स्वास्थ्यका लागि हितकर हुन्छ। मासु नखाने व्यक्तिले प्रोटिनको मात्रा पूरा गर्न भटमास, चना, सोयाबिन, दूध, दही, पनिर, बदाम र पेस्ता जस्ता खानेकुरा खान सक्ने पोषणविद् खड्का बताउँछिन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँको रमझमसँगै धान भित्र्याउने चटारो
ताजा खबरJust now

दसैँको रमझमसँगै धान भित्र्याउने चटारो

दसैँको उल्लाससँगै देशका विभिन्न स्थानमा किसानलाई धान काटेर भित्र्याउने चटारो छ। खेतमा पाकेर पहेँलपुर भएको धान काट्न, सुकाउन र थन्क्याउन किसान व्यस्त छन्। कतै परिवारका सदस्य मिलेर खेतमा धान काटिरहेका छन् त कतै काटेको धानका भारी बोकेर घर पुर्‍याउने र दाइँ गरेर अन्न छुट्याउने तयारी भइरहेको छ। नेपाली समाजमा दसैँ र खेतीपातीको आफ्नै सम्बन्ध छ। वर्षभरि खेतबारीमा पसिना बगाएका किसानका लागि ...

नेपालन्युज
जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार
ताजा खबरJust now

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया युवतीलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले... ...

रातोपाटी
श्रम र श्रमदान : पुर्खाको पसिनादेखि वर्तमान विकाससम्म
ताजा खबरJust now

श्रम र श्रमदान : पुर्खाको पसिनादेखि वर्तमान विकाससम्म

मानव समाजको इतिहास केवल ठूलो राजनीतिक परिवर्तन, युद्ध र शासन व्यवस्थाको इतिहास मात्र होइन । यो मानिसले आफ्नो समय, सीप, श्रम र सामूहिक प्रयासबाट निर्माण गरेको इतिहास पनि हो ।... ...

रातोपाटी
रोनाल्डोलाई २५५ युरो जरिवाना,३० दिन निलम्बन
ताजा खबरJust now

रोनाल्डोलाई २५५ युरो जरिवाना,३० दिन निलम्बन

काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले २५५ युरो अर्थात् झण्डै ४३ हजार ४२० रुपैयाँ जरिवाना गरेको छ । प्रशिक्षकसँगको विवादपछि गत महिना राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोमाथि महासंघको अनुशासन समितिले कारबाही गरेको हो । रोनाल्डोले प्रशिक्षक जोर्गे जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै यसलाई विश्वासको गम्भीर उल्लङ्घन भनेका थिए। तर, प्रशिक्षक जेसुसले भने ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play