Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/भक्तपुर–बनेपा–पाँचखाल प्रसारण लाइन प्रभावित हुने, डेढ घण्टा विद्युत् अवरुद्ध

भक्तपुर–बनेपा–पाँचखाल प्रसारण लाइन प्रभावित हुने, डेढ घण्टा विद्युत् अवरुद्ध

10/19/2026, 1:45:43 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भक्तपुर–बनेपा–पाँचखाल प्रसारण लाइन प्रभावित हुने, डेढ घण्टा विद्युत् अवरुद्ध

भक्तपुर सबस्टेसनको ६६ केभी बसबारमा आकस्मिक समस्या आएपछि मर्मतसम्भार गर्नुपर्ने भएकाले भक्तपुर–बनेपा–पाँचखाल प्रसारण लाइन प्रभावित हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज दिउँसो २ बजेदेखि १ घण्टा ३० मिनेटसम्म बनेपा र पाँचखाल सबस्टेसनबाट वितरण हुने ११ केभी फिडरहरूको विद्युत् सेवा अवरुद्ध हुनेछ । सबस्टेसनमा देखिएको समस्या समाधान गर्न मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् सेवा अस्थायी रूपमा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

घान्द्रुक : जहाँबाट देखिन्छ मनमोहक हिमाल (तस्वीरहरू)
OthersJust now

घान्द्रुक : जहाँबाट देखिन्छ मनमोहक हिमाल (तस्वीरहरू)

होमस्टेसँगै पछिल्लो समय घान्द्रुकमा होटलहरू पनि सञ्चालनमा आएका छन् । यहाँबाट घान्द्रुक घोरेपानी पदयात्रा गर्न सकिन्छ । अन्नपूर्ण, मर्दी र पुनहिल ट्रेकिङ पनि जान सकिन्छ । ट्रेकिङको ट्रान्जिट प्वइन्ट पनि हो घान्द्रुक । ...

अनलाइन खबर
मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
OthersJust now

मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

२ असोज, काठमाडौं । नवरात्रका अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको ऐतिहासिक एवं धार्मिकस्थल मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । दसैंको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले गैंडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो । धार्मिक सेवा समिति मौलाकालिकाका अनुसार यस… ...

अनलाइन खबर
जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान
OthersJust now

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८१९ वटा बोकाको बलि प्रदान भएको छ । हिजो (आईतबार) राती पौने ९ बजेदेखि सुरु भएको बलिप्रदान कार्यक्रम विहान ४ बजेसम्म चलेको थियो । बलि प्रदानका निम्ति ४ वटा ठेहा –बलि दिने स्थान) को व्यवस्था गरिएको थियो । श्रद्धालुभक्तजनको सुविधाका निम्त मन्दिरको पूर्व, पश्चिम र दक्षिण गरी तीन स्थानबाट बोकाको लाईन व्यवस्थापन गरिएको थियो । बलि ...

पर्दाफास
वडादशैंका लागि सशस्त्र प्रहरीद्वारा १२४ वटा पिङ निर्माणमा सहयोग
OthersJust now

वडादशैंका लागि सशस्त्र प्रहरीद्वारा १२४ वटा पिङ निर्माणमा सहयोग

वडादशैंका अवसरमा सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहकार्यमा देशका विभिन्न स्थानमा १२४ वटा पिङ निर्माणमा सहयोग गरेको छ । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । दशैंका बेला परम्परागत रूपमा खेलिने पिङको संरक्षण तथा प्रवद्र्धन गर्दै चाडपर्वलाई थप उल्लासमय बनाउन सशस्त्र प्रहरीले स्थानीय समुदायलाई सहयोग गरेको हो । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play