Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाढीपहिरोले क्षति सडक तथा पुल मर्मतका लागि सिफारिस

बाढीपहिरोले क्षति सडक तथा पुल मर्मतका लागि सिफारिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीपहिरोले क्षति सडक तथा पुल मर्मतका लागि सिफारिस

तनहुँ। गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न सडक, पुल तथा कल्भर्टमा क्षति पुर्‍याएको छ । क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सम्बन्धित निकायमा सिफारिस गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बाढीपहिरोबाट क्षति पुगेका सडक तथा संरचनाको विवरण संकलन गरी आवश्यक पुनर्निर्माण र मर्मतका लागि सम्बन्धित कार्यालय तथा मन्त्रालयमा सिफारिस गरिएको छ । घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिने, पुलको ब्याकफिलिङ बगाउने, सडकमा चिरा पर्ने, खोलाले बस्ती जोखिममा पार्ने तथा कल्भर्टको संरचनामा क्षति पुग्ने समस्या देखिएका छन् । क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको उनले बताए। घिरिङ गाउँपालिका–१ स्थित द्रोपती खोलाको पुलको ब्याकफिलिङ बगाएको छ । पुलको दुवैतर्फको सडकसँग जोडिएको भागमा क्षति पुग्दा आवागमनमा समस्या हुन सक्ने भएकाले मर्मत तथा पुनर्निर्माण आवश्यक देखिएको छ । उक्त संरचनाको मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको छ । त्यस्तै, घिरिङ गाउँपालिका–३ स्थित भैरव मोटरमार्ग भासिएको छ । वर्षाका कारण सडकको भाग भासिएपछि सडकलाई सुरक्षित र नियमित रूपमा सञ्चालन गर्न मर्मतसम्भार आवश्यक देखिएको छ । उक्त सडकको पुनर्निर्माण तथा मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए। घिरिङ गाउँपालिका–१ स्थित ठूलोफेदी खोलाले बस्तीमा क्षति पुर्‍याउन सक्ने जोखिम देखिएको छ । खोलाको कटानका कारण बस्ती संरक्षणका लागि रिटेनिङ वाल निर्माण गर्नुपर्ने उनले बताए। उनका अनुसार सम्भावित क्षति न्यूनीकरण गर्दै बस्तीको सुरक्षा सुनिश्चित गर्न आवश्यक संरचना निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको छ । यसैगरी, घिरिङ गाउँपालिका–४ स्थित शालिग्राम करिडोरमा तिरन्दी खोलाको पुलको छेउमा क्षति पुगेको छ । पुलको साइडमा क्षति पुग्दा संरचनाको सुरक्षामा असर पर्न सक्ने भएकाले आवश्यक मर्मतका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ । घिरिङ गाउँपालिका–३ स्थित गाबुडाँडा–नयाँटार सडकखण्डमा पनि चिरा परेको छ । सडकमा चिरा परेपछि थप क्षति हुन नदिन र सडकलाई सुरक्षित बनाउन मर्मत तथा आवश्यक प्राविधिक जाँच गर्नुपर्ने देखिएको छ । उक्त सडकखण्डको मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । त्यसैगरी, घिरिङ गाउँपालिका–४ स्थित तिन्दीखोला कल्भर्टको तल्लो भागमा लगाइएको जाली बगाएको छ । खोलाको बहावले कल्भर्टको संरक्षण संरचनामा क्षति पुर्‍याएकाले आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
ताजा खबरJust now

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवेई प्रदेशस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने सम्मेलनमा उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मूल विषयवस्तु रहेको उक्त सम्मेलनमा विश्वव्यापी शासन प्रणाली, अन्तर्राष्ट्रिय सहकार्य तथा समसामयिक विश्व चुनौतीका विषयमा छलफल हुने ...

केन्द्रबिन्दु
युक्रेनमा घाइते सैनिकको ४९१ दिनपछि ड्रोनबाट उद्धार
ताजा खबरJust now

युक्रेनमा घाइते सैनिकको ४९१ दिनपछि ड्रोनबाट उद्धार

काठमाडौं । युक्रेनले युद्धको इतिहासमा पहिलोपटक घाइते सैनिकलाई भारी ड्रोनको सहायताले उद्धार गरेको दाबी गरेको छ । कोस्त्यान्तिन भ्लासेन्को नामका सैनिक ४९१ दिनसम्म रुसी सेनाको खतराबीच सीमावर्ती क्षेत्रमा फसेका थिए । पूर्वी युक्रेनको कुपियान्स्क मोर्चामा खटिएका भ्लासेन्को १४ फेब्रुअरीमा रुसी ड्रोन आक्रमणमा घाइते भएका थिए । उक्त आक्रमणमा उनका साथीको मृत्यु भएको थियो भने विस्फोटका छर्राले उनका दुवै खुट्टामा गम्भीर चोट ...

कर्पोरट खबर
सकिएको छैन दसैँ, दोस्रो दिन पनि टीका लगाउने क्रम जारी
ताजा खबरJust now

सकिएको छैन दसैँ, दोस्रो दिन पनि टीका लगाउने क्रम जारी

विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाए्र दसैँ मनाइँदै छ। आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ। बुधबार बडादसैँको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो। त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरूले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर व... ...

नेपालखबर
आजु र अजीको खट जात्रा गरिँदै
ताजा खबरJust now

आजु र अजीको खट जात्रा गरिँदै

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको देवता घर परिसरमा बिहीबार एकादशीका दिन आजु (भैरव), अजी (मनकामना) को खट जात्रा गरिँदै । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play