Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/युक्रेनमा घाइते सैनिकको ४९१ दिनपछि ड्रोनबाट उद्धार

युक्रेनमा घाइते सैनिकको ४९१ दिनपछि ड्रोनबाट उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेनमा घाइते सैनिकको ४९१ दिनपछि ड्रोनबाट उद्धार

काठमाडौं । युक्रेनले युद्धको इतिहासमा पहिलोपटक घाइते सैनिकलाई भारी ड्रोनको सहायताले उद्धार गरेको दाबी गरेको छ । कोस्त्यान्तिन भ्लासेन्को नामका सैनिक ४९१ दिनसम्म रुसी सेनाको खतराबीच सीमावर्ती क्षेत्रमा फसेका थिए । पूर्वी युक्रेनको कुपियान्स्क मोर्चामा खटिएका भ्लासेन्को १४ फेब्रुअरीमा रुसी ड्रोन आक्रमणमा घाइते भएका थिए । उक्त आक्रमणमा उनका साथीको मृत्यु भएको थियो भने विस्फोटका छर्राले उनका दुवै खुट्टामा गम्भीर चोट लागेको थियो । उपचार नपाउँदा उनको दाहिने खुट्टामा सड्ने समस्या देखिएपछि उनले आफैँ खुट्टा काटेर अलग गरेको समाचारमा उल्लेख छ । घाइते अवस्थामा रहेका उनलाई युक्रेनी सेनाले ड्रोनमार्फत खाना, पानी र औषधि पुर्‍याउँदै आएको थियो । स्थलमार्गबाट उद्धार गर्ने प्रयास रुसी सेनाले रोबोट नष्ट गरेपछि असफल भएको थियो । त्यसपछि सैनिकलाई सुरक्षित निकाल्न विशेष योजना तयार पारिएको थियो । उद्धारका लागि करिब १३० किलोग्रामसम्म तौल बोक्न सक्ने ‘हेभी सट अयुदाग–६’ नामको भारी ड्रोन प्रयोग गरिएको थियो । ड्रोनमा विशेष उपकरण जडान गरी भ्लासेन्कोलाई सुरक्षित रूपमा बाँधेर खतरनाक क्षेत्रबाट बाहिर निकालिएको थियो । उडानका क्रममा ब्याट्री परिवर्तन गर्ने व्यवस्था पनि मिलाइएको थियो । ड्रोनबाट सुरक्षित स्थानमा पुर्‍याइएपछि भ्लासेन्कोलाई ‘मिरोतभोरेत्स’ नामक टाढैबाट सञ्चालन गर्न सकिने रोबोटिक सवारीमा राखियो । त्यसपछि उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याएको थियो । अभियानमा युक्रेनका विभिन्न सैन्य एकाइ र ड्रोन सञ्चालक सहभागी भएका थिए । रुस–युक्रेन युद्धमा ड्रोनको प्रयोग तीव्र रूपमा बढिरहेको छ । समाचारअनुसार युक्रेनले हरेक वर्ष करिब १० लाख सस्ता ड्रोन उत्पादन गर्न सक्ने क्षमता विकास गरेको दाबी गरिएको छ । The post युक्रेनमा घाइते सैनिकको ४९१ दिनपछि ड्रोनबाट उद्धार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

रैथाने बाली फापर भित्र्याइदै
ताजा खबरJust now

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ। असारमा खेतबारीमा छरेको फापर बाली असोज-कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन्। हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँको वर्षौदेखि अपनाउँदै आइरहेको प्रसिद्ध रैथाने खाद्य बालीमध्येको एक हो। समुन्द्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको अग्लो उचाइको खेती योग्य जमिनमा फापर खेती गर्ने गरिएको छ। हिमाली जिल्ला मुस्ताङमा ...

नेपालन्युज
दमाम विमानस्थलमा भएको आक्रमणमा घाइते ८ जनामध्ये एक नेपाली
ताजा खबरJust now

दमाम विमानस्थलमा भएको आक्रमणमा घाइते ८ जनामध्ये एक नेपाली

बुधबार राति साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा घाइते भएका ८ जनामध्ये एक नेपाली भएको त्यहाँको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले जनाएको छ। यद्यपि नाम-ठेगाना खुलाइएको छैन।  घटनामा एक भारतीय र एक साउदी नागरिक मारिएका छन्।  प्राधिकरणका अनुसार घाइते नेपालीसहित आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म छ। ... ...

नेपालखबर
नोबेलपछि पुलित्जर पुरस्कार नपाएको भन्दै ट्रम्प असन्तुष्ट
ताजा खबरJust now

नोबेलपछि पुलित्जर पुरस्कार नपाएको भन्दै ट्रम्प असन्तुष्ट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारपछि लेखनका लागि पुलित्जर पुरस्कार नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले एक सभामा उनले रुससँग सम्बन्धित अनुसन्धानात्मक समाचारका लागि पुलित्जर पुरस्कार पाएका पत्रकारहरूको आलोचना गर्दै उनीहरूले गलत समाचार लेखेको आरोप लगाए । ट्रम्पले विभिन्न युद्ध रोक्न आफूले भूमिका खेलेको दाबी गर्दै नोबेल शान्ति पुरस्कार नपाएको विषयमा पनि असन्तुष्टि दोहोराएका थिए । उनले अहिलेसम्म १९ ...

कर्पोरट खबर
स्वदेशी निर्माणको वातावरणीय मूल्य
ताजा खबरJust now

स्वदेशी निर्माणको वातावरणीय मूल्य

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत असोज ३० गते मन्त्रिपरिषद्ले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेको जानकारी दिए। निर्देशिकाअनुसार प्राविधिक रूपमा उपयुक्त भएमा आयातित बिटुमिनमा आधारित कालोपत्रे सडकको विकल्पमा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक, स्थानीय ढुङ्गा र अन्य स्वदेशी निर्माण प्रविधि अपनाउनुपर्नेछ। केही सञ्चारमाध्यमले ‘अब बिटुमिन र अस्फाल्टका सडक बनाउनै नपाइने’ भन्ने शीर्षक दिए पनि उपलब्ध ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play