रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ। असारमा खेतबारीमा छरेको फापर बाली असोज-कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन्। हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँको वर्षौदेखि अपनाउँदै आइरहेको प्रसिद्ध रैथाने खाद्य बालीमध्येको एक हो। समुन्द्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको अग्लो उचाइको खेती योग्य जमिनमा फापर खेती गर्ने गरिएको छ। हिमाली जिल्ला मुस्ताङमा उवा, जौ, मकै, आलु, बोडीलगायत खाद्य बालीसहित फापर बाली पनि मुख्य ‘ब्रान्ड’ बनेको छ। अन्य खेतीको तुलनामा फापर खेती कम झन्झटिलो भए पनि मुस्ताङका किसानले व्यावसायिक रूपमा मात्रै नभइ घरायसी प्रयोजन र देश–विदेशमा बस्ने आफन्त /इष्टमित्रलाई कोशेली रूपमा दिन फापर खेती गर्ने प्रचलन रहेको छ। मंसिरमा लगाइएको उवा र जौ थन्क्याएपछि मुस्ताङका किसानले फापर छर्ने प्रचलन रहेको घरपझोङ–५ ठिनी गाउँका किसान सविता थकालीले जानकारी दिइन्। यसरी छरिएको फापर असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातासम्म भित्र्याउने गरिन्छ। मुस्ताङको मुख्य उत्पादनको रूपमा रहेको रैथाने फापर खेती मुस्ताङको पाँच वटै स्थानीय तहमा उत्पादन हुने गर्छ। मुस्ताङको थासाङ–१ टुकुचेदेखि माथि लोमान्थाङको सीमावर्ती गाउँसम्म व्यवसायिक तथा घरायसी प्रयोजनका लागि फापर खेती गर्ने गरिएको छ। घरपझोङ–५ ठिनी गाउँका स्थानीय किसान अमित थकालीकाअनुसार वर्सेनि उत्पादन गरिएको फापर घरायसी खर्चमा चाहिने छुट्याएर केही मात्रामा बिक्री गर्ने गरेको बताए। खेतबारीमा छरेको फापर १०० दिनमा पाकेर घरमा भित्र्याउने गरिन्छ। यसैगरी स्याऊ बगैँचाभित्रको खाली जमिनमा फापर खेती गर्ने गरेको उनको भनाइ छ। सडक सञ्जालले नजोडिदा मुस्ताङमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा निकै समस्या पर्ने गरेकामा पछिल्लो समय सडक सञ्जालले जोडिएपछि फापरलगायतका रैथाने खाद्य अन्नबाली सहज रूपमा बिक्री हुन थालेको उनले उल्लेख गरे। फापरको पिठो ढिडो र रोटीलगायतका विभिन्न परिकार बनाएर खाने प्रचलन छ। मुस्ताङमा आउने पर्यटक फापरको ढिडो र रोटी मुख्य आकर्षण बन्न थालेको छ। विशेष स्थानीय चाडपर्वमा फापरको पिठो प्रयोग गरिन्छ। हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने फापरको पिठो हिजोआज सहर-बजारको भान्साघर र होटलमा मुख्य परिकारका रूपमा ग्राहकलाई पस्किने गरेको पाइन्छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा
भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी ...

चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन
• चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बेइजिङमा समारोह आयोजना गरेको छ। • राष्ट्रपति सी चिनफिङले कार्यक्रममा महत्त्वपूर्ण सम्बोधन गरेका छन् र विभिन्न नेताहरू उपस्थित थिए। • चाइना मिडिया ग्रुपले विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्नेछ, जसमा लङ मार्चको कठिन यात्रा स्मरण गरिनेछ। ...

कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?
काठमाडाैँ । नेपाली कांग्रेसले २०३५ सालमा विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारत निर्वाचनबाट फर्केपछि कोजाग्रत पूर्णिमाका दिन ‘चियापान समारोह’ गर्दै आएको छ । यसलाई कांग्रेस आफूले नेपाली राजनीतिको एउटा विशिष्ट र सांस्कृतिक... ...

सामाजिक सञ्जालबाट सात करोडको कमाइ
अर्घाखाँची।सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन्।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ। तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ ...


