ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवेई प्रदेशस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने सम्मेलनमा उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मूल विषयवस्तु रहेको उक्त सम्मेलनमा विश्वव्यापी शासन प्रणाली, अन्तर्राष्ट्रिय सहकार्य तथा समसामयिक विश्व चुनौतीका विषयमा छलफल हुने बताइएको छ। सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिनेछन्। ती छलफलमा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाका लागि आवश्यक सुधार, बहुपक्षीयताको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिकालगायतका विषय समेटिने जनाइएको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिका, जलवायु परिवर्तन र त्यसका प्रभाव, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसका विषयमा समेत छलफल हुने बताइएको छ। पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

रैथाने बाली फापर भित्र्याइदै
मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ। असारमा खेतबारीमा छरेको फापर बाली असोज-कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन्। हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँको वर्षौदेखि अपनाउँदै आइरहेको प्रसिद्ध रैथाने खाद्य बालीमध्येको एक हो। समुन्द्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको अग्लो उचाइको खेती योग्य जमिनमा फापर खेती गर्ने गरिएको छ। हिमाली जिल्ला मुस्ताङमा ...

दमाम विमानस्थलमा भएको आक्रमणमा घाइते ८ जनामध्ये एक नेपाली
बुधबार राति साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा घाइते भएका ८ जनामध्ये एक नेपाली भएको त्यहाँको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले जनाएको छ। यद्यपि नाम-ठेगाना खुलाइएको छैन। घटनामा एक भारतीय र एक साउदी नागरिक मारिएका छन्। प्राधिकरणका अनुसार घाइते नेपालीसहित आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म छ। ... ...

नोबेलपछि पुलित्जर पुरस्कार नपाएको भन्दै ट्रम्प असन्तुष्ट
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारपछि लेखनका लागि पुलित्जर पुरस्कार नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले एक सभामा उनले रुससँग सम्बन्धित अनुसन्धानात्मक समाचारका लागि पुलित्जर पुरस्कार पाएका पत्रकारहरूको आलोचना गर्दै उनीहरूले गलत समाचार लेखेको आरोप लगाए । ट्रम्पले विभिन्न युद्ध रोक्न आफूले भूमिका खेलेको दाबी गर्दै नोबेल शान्ति पुरस्कार नपाएको विषयमा पनि असन्तुष्टि दोहोराएका थिए । उनले अहिलेसम्म १९ ...

स्वदेशी निर्माणको वातावरणीय मूल्य
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत असोज ३० गते मन्त्रिपरिषद्ले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेको जानकारी दिए। निर्देशिकाअनुसार प्राविधिक रूपमा उपयुक्त भएमा आयातित बिटुमिनमा आधारित कालोपत्रे सडकको विकल्पमा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक, स्थानीय ढुङ्गा र अन्य स्वदेशी निर्माण प्रविधि अपनाउनुपर्नेछ। केही सञ्चारमाध्यमले ‘अब बिटुमिन र अस्फाल्टका सडक बनाउनै नपाइने’ भन्ने शीर्षक दिए पनि उपलब्ध ...


