बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

अमेरिका । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल मुद्रा चोरी भएको घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ । यसलाई क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो चोरी मानिएको छ । एफबीआईले शनिबार जारी गरेको विज्ञप्तिमा यस साताको साइबर आक्रमण ‘ट्रेडरट्रेटर’ नामक समूहको दुर्भावनापूर्ण साइबर गतिविधिसँग सम्बन्धित रहेको जनाएको छ । यही समूह गत वर्ष क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइबिटबाट एक अर्ब ५० करोड अमेरिकी डलर चोरी भएको घटनामा पनि सङ्लग्न रहेको एफबीआईको दाबी छ । ब्युरोले क्रिप्टोकरेन्सी एक्सचेन्ज, ब्लकचेन विश्लेषण गर्ने कम्पनीलगायत सम्बन्धित निकायलाई चोरीसँग जोडिएका विभिन्न डिजिटल ठेगानामा हुने कारोबार रोक्न आग्रह गरेको छ । चोरी भएको रकमको स्रोत लुकाउन त्यसलाई विभिन्न माध्यमबाट स्थानान्तरण गरी शुद्धीकरण गर्ने प्रयास हुन सक्ने भन्दै एफबीआईले सतर्कता अपनाउन आग्रह गरेको हो । एफबीआईका अनुसार अनुसन्धानका क्रममा ट्रेडरट्रेटरले चोरी भएका डिजिटल सम्पत्तिलाई मुख्यतः इथेरियम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिरहेको पाइएको छ । समूहले अब विकेन्द्रीकृत वित्तीय सेवा (डीएफआई) र तत्काल क्रिप्टोकरेन्सी साट्ने सेवामार्फत ती सम्पत्ति रूपान्तरण गर्ने प्रयास गर्न सक्ने ब्युरोको अनुमान छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया यस घटनामा सङ्लग्न भए–नभएकोबारे आफूहरू अझै निश्चित नभएको बताए। फ्लोरिडास्थित आफ्नो मार–ए–लागो निवासमा शनिबार राति आयोजित हेलोविन कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “म चिन्तित छैन । हामी यसबारे जानकारी लिइरहेका छौँ । यो उत्तर कोरिया हो वा होइन भन्ने हामीलाई थाहा छैन ।” यद्यपि, उनले उत्तर कोरियाको सङ्लग्नता पुष्टि हुन सक्ने सम्भावनालाई अस्वीकार गरे । क्रिप्टोकरेन्सी विज्ञ एरी रेडबोर्डले ह्याकरहरूले चोरी भएको रकमलाई साना–साना भागमा विभाजन गरी साना एक्सचेन्जहरूमार्फत स्थानान्तरण गरेर आफ्नो पहिचान लुकाउने प्रयास गर्न सक्ने बताए । यस्तो प्रक्रिया महिनौँसम्म चल्न सक्ने उनको अनुमान छ । ब्लकचेन इन्टेलिजेन्स कम्पनी टीआरएम ल्याब्सका प्रमुख नीति अधिकारी रेडबोर्डले यस घटनालाई इन्टरनेटको गतिमा भएको बैंक लुटपाटको सङ्ज्ञा दिए । यद्यपि, चोरी भएको रकमको कारोबार वास्तविक समयमै निगरानी र पहिचान गर्न सकिने उनले बताए । “हामी अनुसन्धान अघि बढाउन, यस्तो गतिविधि रोक्न र रकम जफत गर्न वास्तविक समयमै ती कारोबारको निगरानी तथा पहिचान गर्न सक्छौँ,” उनले भने । उनका अनुसार यो निरन्तर चलिरहने बिरालो र मुसाबीचको खेलजस्तै हो । बिहीबार भएको उक्त घटनामा बाइनान्सबाट बिटक्वाइनलगायत अन्य डिजिटल मुद्रा गरी छ अर्ब ३० करोड अमेरिकी डलर चोरी भएको थियो । कम्पनीले शनिबार जारी गरेको विवरणमा चोरीबाट हराएको डिजिटल सम्पत्तिको ९० प्रतिशत बराबरको रकम उपलब्ध रहेको जनाएको छ । साथै, ग्राहकहरूलाई भएको क्षतिको पूर्ण क्षतिपूर्ति दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

तीन महिनामा १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात
काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा १२ करोड ९२ लाख रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट १२ करोड ९२ लाख १ हजार रुपैयाँ बराबरको २०७ किलो यार्सागुम्बा विदेश निर्यात भएको हो । नेपालबाट निर्यात भएको यार्सागुम्बा कम्बोडिया, चीन, हङकङ, मलेसिया, मेक्सिको, नेदरल्यान्ड्स, पोल्यान्ड, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान, संयुक्त अधिराज्य र ...

डोल्पामा हिमपातले ६ भारतीय पर्यटक सम्पर्कविहीन
काठमाडौं।भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। कात्तिक १४ गते राति करिब ९ बजे उनीहरू हिमपातमा फसेको जानकारी जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो। सम्पर्कविहीन हुनेमा प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारलगायत ६ जना छन्। घटनाबारे जानकारी पाएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत उद्धारको प्रक्रिया अघि बढाइएको छ। सञ्चार सम्पर्कमा समस्या हुँदा पर्यटकहरूको ...

भोलिदेखि ३ महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने
भोलि (कात्तिक १६ गते)देखि तीन महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएको छ। सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्। गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो। पेट्रोलियम पद... ...

तिहारमा पानी पर्ने सम्भावना कति ?
काठमाडौं । जलवायु तथा मौसमविज्ञ उज्ज्वल उपाध्यायले आगामी दुई सातासम्म नेपालमा ठूलो मौसमी प्रणाली विकसित हुने सम्भावना कम रहेको बताएका छन्। उनले बंगालको खाडीमा विकसित भइरहेको भनिएको ‘मुरासु’ नामक चक्रवाती वर्षा प्रणालीको प्रभाव नेपालमा पर्ने सम्भावना नरहेको बताएका हुन्। उपाध्यायका अनुसार उक्त प्रणालीको प्रभाव भारतको बिहारसम्म पनि पुग्न कठिन देखिएकाले नेपालमा त्यसको प्रभावबारे अनावश्यक चिन्ता लिनुपर्ने अवस्था छैन। नेपालमा अबको कम्तीमा दुई सातासम्म ...


