Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Latest/तिहारमा पानी पर्ने सम्भावना कति ?

तिहारमा पानी पर्ने सम्भावना कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा पानी पर्ने सम्भावना कति ?

काठमाडौं । जलवायु तथा मौसमविज्ञ उज्ज्वल उपाध्यायले आगामी दुई सातासम्म नेपालमा ठूलो मौसमी प्रणाली विकसित हुने सम्भावना कम रहेको बताएका छन्। उनले बंगालको खाडीमा विकसित भइरहेको भनिएको ‘मुरासु’ नामक चक्रवाती वर्षा प्रणालीको प्रभाव नेपालमा पर्ने सम्भावना नरहेको बताएका हुन्। उपाध्यायका अनुसार उक्त प्रणालीको प्रभाव भारतको बिहारसम्म पनि पुग्न कठिन देखिएकाले नेपालमा त्यसको प्रभावबारे अनावश्यक चिन्ता लिनुपर्ने अवस्था छैन। नेपालमा अबको कम्तीमा दुई सातासम्म कुनै ठूलो मौसमी प्रणालीको सम्भावना कम रहेको उनको भनाइ छ। यद्यपि,केही सीमित स्थानमा स्थानीय मौसमी प्रणाली सक्रिय हुँदा हल्का वर्षा हुनु सामान्य प्रक्रिया भएको उनले स्पष्ट पारेका छन्। देशभरको मौसम उज्यालो र घमाइलो रहेकाले तिहारको तयारी ढुक्क भएर गर्न उनले सुझाव दिएका छन्। The post तिहारमा पानी पर्ने सम्भावना कति ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बस्ती पस्ने जंगली हात्तीको निगरानी गर्न रेडियो कलर जडान गरिँदै
Latest NewsJust now

बस्ती पस्ने जंगली हात्तीको निगरानी गर्न रेडियो कलर जडान गरिँदै

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको काम अगाडि बढाउन निर्देशन दिएको हो । हात्तीको आवागमनसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले रेडियो कलर जडान गर्न लागिएको ...

फरकधार
‘कर्मचारीले गल्ती गरे प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन, विधिपूर्वक कारबाही गर्ने हो’
Latest NewsJust now

‘कर्मचारीले गल्ती गरे प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन, विधिपूर्वक कारबाही गर्ने हो’

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर दबाब दिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्मचारीबाट... ...

रातोपाटी
सडक विस्तारबाट प्रभावित वीरगञ्जवासी माइतीघरमा आन्दोलित
Latest NewsJust now

सडक विस्तारबाट प्रभावित वीरगञ्जवासी माइतीघरमा आन्दोलित

वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा प्रभावित स्थानीयवासी न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्।  आइतबार भएको प्रदर्शनमा उनीहरूले एउटै राजमार्गमा सर्वोच्च अदालतका फरक–फरक फैसला किन भन्दै प्रश्न उठाएका हुन्।  प्रदर्शनकारीहरूले संविधानको धारा २५ ले सुनिश्चित गरेको सम्पत्तिको हक संरक्षण गर्न, लालपुर्जाधारी नागरिकलाई उचित क्षत... ...

नेपालखबर
एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा श्रमिकका मुद्दालाई प्राथमिकता दिइने
Latest NewsJust now

एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा श्रमिकका मुद्दालाई प्राथमिकता दिइने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कतारमा हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा श्रमिकका मुद्दालाई प्राथमिकता दिइने भएको छ । शनिबार राति आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत मध्यपूर्व संयोजक रमेश श्रेष्ठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play