Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रहरीले भन्यो- दशैँ मनाउन उपत्यकाबाट १० लाखभन्दा बढी नागरिक बाहिरिए, शान्ति सुरक्षा सामान्य

प्रहरीले भन्यो- दशैँ मनाउन उपत्यकाबाट १० लाखभन्दा बढी नागरिक बाहिरिए, शान्ति सुरक्षा सामान्य

10/20/2026, 1:21:02 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीले भन्यो- दशैँ मनाउन उपत्यकाबाट १० लाखभन्दा बढी नागरिक बाहिरिए, शान्ति सुरक्षा सामान्य

बडा दशैँ मनाउन काठमाडौं उपत्यकाबाट १० लाखभन्दा बढी नागरिक आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । महानवमीसम्म सार्वजनिक बस, निजी सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीमार्फत उपत्यका छाड्नेको सङ्ख्या १० लाख नाघेको नेपाल प्रहरीको प्रारम्भिक तथ्याङ्कले देखाएको हो । नेपाल प्रहरीले यस वर्षको दशैँ अवधिमा देशभरको शान्ति सुरक्षाको अवस्था सामान्य र सुदृढ रहेको जनाएको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा रहेकाले हालसम्म कुनै गम्भीर प्रकृतिका आपराधिक घटना वा ठूला दुर्घटनाको जानकारी प्राप्त नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र नागरिकहरू सुरक्षित रूपमा आ–आफ्नो गन्तव्यमा पुग्ने क्रम जारी रहेको बताए । ‘देशभरको शान्ति सुरक्षा अवस्था सामान्य र सुदृढ छ । बडादसैँको नवमीसम्म काठमाडौं उपत्यकाबाट करिब १० लाखभन्दा बढी यात्रु विभिन्न सवारीसाधनमार्फत बाहिरिएको रिपोर्ट प्राप्त भएको छ,’ काफ्लेले भने, ‘हालसम्म कुनै गम्भीर घटना, दुर्घटना वा अपराधको जानकारी प्राप्त भएको छैन ।’ चाडपर्वका बेला यात्रुहरूको सहजता र सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । ती कक्ष २४ सै घण्टा सञ्चालनमा रहेका छन् । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरीसहित अन्य सुरक्षाकर्मी परिचालन गरी यात्रुका समस्या तथा गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले जानकारी दिए । यस वर्ष प्रहरीले नागरिकको सहभागितामा आधारित ‘यदि केही देख्नुहुन्छ भने, केही भन्नुहोस्’ अभियानसमेत सञ्चालन गरेको छ । अभियानअन्तर्गत सर्वसाधारणबाट प्रहरीको आपत्कालीन नम्बर १०० मा सूचना प्राप्त भइरहेका छन् । प्राप्त सूचनाका आधारमा प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरी आवश्यक सेवा प्रदान गरिँदै आएको काफ्लेले बताए । ‘यस वर्षको विशेष सुरक्षा योजनाअन्तर्गत नागरिकबाट सूचनाहरू प्राप्त भइरहेका छन् । प्राप्त सूचनाका आधारमा प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरी आवश्यक सेवा प्रदान गरिँदै आएको छ,’ उनले भने, ‘देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरी २४ सै घण्टा सेवा सञ्चालन गरिएको छ ।’ प्रहरीले चाडपर्वका समयमा कुनै पनि अस्वाभाविक गतिविधि, शङ्कास्पद अवस्था वा आकस्मिक घटना देखिएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन नम्बर १०० मा तुरुन्त खबर गर्न आम नागरिकलाई आग्रह गरेको छ । नागरिकबाट प्राप्त सूचना र सहकार्यले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

फ्रान्स आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश
OthersJust now

फ्रान्स आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश

फ्रान्समा चर्किएको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि सरकारले कफ्र्यु आदेश जारी गरेको छ । युवाहरुले नेतृत्व गरेको आन्दोलनले उग्र रुप लिएपछि राजधानी पेरिसका केही भागसहित धेरै सहरमा रातको कफ्र्यु आदेश दिइएको छ । दक्षिणी फ्रान्सका मार्सेली, बोर्डो, नाइस र लियोन, साथै उत्तरी सहर लिल र अन्य सहरमा आंशिक कफ्र्यु घोषणा गरिएको छ। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशमा लगातार दुई दिनसम्म ‘अति–वामपन्थी समूहहरू’ द्वारा ...

पर्दाफास
काठमाडौं उपत्यकामा आज न्यून सवारी साधन
OthersJust now

काठमाडौं उपत्यकामा आज न्यून सवारी साधन

३ कात्तिक, काठमाडौं । बडादशैं अन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन सञ्चालन भएका छन् । बडादसैँ मनाउन लाखौंको संख्यामा सर्वसाधारणहरु काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्केपछि काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएका हुन् । त्यस्तै नवमीका दिन सवारी साधानको पूजा समेत गर्ने भएकाले सडकमा सवारीसाधन न्यून देखिएको हो । घटस्थापनादेखि… ...

अनलाइन खबर
हिन्दी सिनेमामा फिल्म हिट वा फ्लप कसरी हुन्छ र कमाईको गणित के हो ?
OthersJust now

हिन्दी सिनेमामा फिल्म हिट वा फ्लप कसरी हुन्छ र कमाईको गणित के हो ?

सन् २०२५ मा भारतीय सिनेमाघरहरूको कमाईले नयाँ रेकर्ड बनाएको छ । देशभरका बक्स अफिसको कुल कारोबार भारु १३,३९५ करोड रुपैयाँभन्दा बढी रह्यो । सन् २०२६ को अन्त्यसम्म यो १५ हजार करोड रुपैयाँ पार गर्ने अनुमान छ । तर हिन्दी सिनेमामा फिल्म बनाउने र तिनको मार्केटिङको मोडेल कसरी काम गर्छ ? फिल्म उद्योगका अगाडि आज के-के… ...

अनलाइन खबर
डोनाल्ड ट्रम्पको दाबी : जेलेन्स्कीलाई मैले कुरा गरिरहेको छु भन्ने नै थाहा छैन
OthersJust now

डोनाल्ड ट्रम्पको दाबी : जेलेन्स्कीलाई मैले कुरा गरिरहेको छु भन्ने नै थाहा छैन

३ कात्तिक, काठमाडौं । अमेरिकी प्रशासनले युक्रेनमाथि गुप्तचर साझेदारी (इन्टेलिजेन्स सेयरिङ) र हतियार आपूर्तिमा गुप्त रूपमा प्रतिबन्धहरू लगाएको दाबी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी सेनेटरहरूको दुवै दलका (बाइपार्टिजन) प्रतिनिधिहरूसँग आपतकालीन भर्चुअल बैठक गरेका छन्। रुससँगको युद्ध अन्त्य गर्न थप सहुलियत दिन बाध्य पार्ने उद्देश्यले वासिङ्टनले यस्तो अघोषित दबाब सिर्जना गरेको युक्रेनी अधिकारीहरूको ठहर… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play