Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/फ्रान्स आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश

फ्रान्स आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश

10/20/2026, 2:23:45 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्स आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश

फ्रान्समा चर्किएको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि सरकारले कफ्र्यु आदेश जारी गरेको छ । युवाहरुले नेतृत्व गरेको आन्दोलनले उग्र रुप लिएपछि राजधानी पेरिसका केही भागसहित धेरै सहरमा रातको कफ्र्यु आदेश दिइएको छ । दक्षिणी फ्रान्सका मार्सेली, बोर्डो, नाइस र लियोन, साथै उत्तरी सहर लिल र अन्य सहरमा आंशिक कफ्र्यु घोषणा गरिएको छ। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशमा लगातार दुई दिनसम्म ‘अति–वामपन्थी समूहहरू’ द्वारा भड्काइएको हिंसात्मक अशान्ति फैलिएपछि सोमबार साँझ केही सहरी क्षेत्रमा ‘आंशिक कफ्र्यु’ लगाउन क्षेत्रीय अधिकारीहरूलाई निर्देशन दिएका थिए । सो क्रममा नगरपालिकाका कार्यालयहरूमा आगजनी गरिएको छ भने सयौँ व्यापारिक प्रतिष्ठानमा लुटपाट भएको छ। फ्रान्स २४ ले यसबारे समाचार प्रकाशित गरेको छ। जारी संकटका बीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सोमबार देशभर फैलिएको प्रदर्शनका क्रममा देखिएका सुरक्षा व्यवस्थासम्बन्धी ‘कमजोरी’ को आलोचना गरेका छन्। तर, उनले गृहमन्त्री लरेन्ट नुनेजको राजीनामा भने अस्वीकार गरेका छन्, फ्रान्स २४ ले जनाएको छ। हिंसात्मक घटनापछि कम्तीमा २,४०० जना पक्राउ परेका छन्। प्रदर्शनका क्रममा नगरपालिकाका कार्यालयहरूमा आगजनी हुनुका साथै सयौँ व्यापारिक प्रतिष्ठानमा लुटपाट वा तोडफोड भएको थियो। ‘गृहमन्त्रीले आइतबार राष्ट्रपतिसमक्ष आफ्नो राजीनामा बुझाउनुभएको थियो,’ एलिजे दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘यस्तो समयमा कानुन कार्यान्वयन गर्ने निकायको नेतृत्व निरन्तर कायम राख्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै राष्ट्रपतिले राजीनामा अस्वीकार गर्नुभयो।’ म्याक्रोंले नुनेजलाई हिंसाको कारण बनेका योजना निर्माण तथा गुप्तचर सूचनासम्बन्धी कमजोरीबारे पारदर्शिता सुनिश्चित गर्न र सुरक्षा बलका लागि संकट व्यवस्थापन गर्ने नयाँ कार्यविधि लागू गर्न आवश्यक सबै कदम चाल्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ। सन् २०१८ मा सामाजिक अन्यायविरुद्ध सुरु भएको ‘यल्लो भेस्ट’ आन्दोलनलाई पुनः सक्रिय बनाउने उद्देश्यले श्रमिक सङ्गठन, विद्यार्थी सङ्गठन तथा अभियन्ताहरूले आह्वान गरेपछि प्रदर्शन सुरु भएका थिए। अधिकारीहरूका अनुसार शनिबार भएका अधिकांश शान्तिपूर्ण जुलुसमा करिब ५ लाख ५० हजार मानिस सहभागी भएका थिए भने आयोजकहरूले सहभागीको सङ्ख्या ८ लाख रहेको दाबी गरेका थिए। आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै म्याक्रोंले देशव्यापी प्रदर्शनका क्रममा भएको तोडफोड र लुटपाटप्रति जनतामा उत्पन्न ‘आक्रोश’ र ‘लज्जा’ व्यक्त गरे। बढ्दो जीवनयापन खर्च र विद्यालयहरूको खराब अवस्थाविरुद्ध भएका प्रदर्शनका क्रममा भएको हिंसाका लागि उनले मुख्य रूपमा अतिवामपन्थी अभियन्ताहरूलाई जिम्मेवार ठह¥याए। उनले उनीहरूमाथि अराजकता फैलाउने उद्देश्यले प्रहरी र सार्वजनिक भवनहरूमा आक्रमण गरेको आरोप लगाए। फ्रान्सेली राष्ट्रपतिले बढ्दो इन्धन मूल्य र जीवनयापन खर्चलगायत आर्थिक समस्यालाई सम्बोधन गर्न विभिन्न उपायहरू पनि घोषणा गरे। साथै, हिंसामा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले इन्धन तथा ग्यासको आपूर्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय स्तरमा पहल गरिरहेको र ती प्रयासलाई अगाडि बढाउन खाडी मुलुकहरूको भ्रमण गर्ने बताए। साथै, उपभोक्ताले प्रत्यक्ष राहत महसुस गर्न सकून् भन्ने उद्देश्यले इन्धन वितरकहरूसँग पनि सहकार्य गरिरहेको उनले उल्लेख गरे। माध्यमिक विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूले आफ्नो जीवनयापनको अवस्था र भविष्यको सम्भावनाबारे व्यक्त गरेका चिन्तालाई स्वीकार गर्दै राष्ट्रपतिले युवाहरूसँग समाधान खोज्न व्यवस्थित संवाद सुरु गर्ने घोषणा गरे। हिंसात्मक घटनाबाट प्रभावित व्यवसायहरूलाई सहयोग गर्न प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको अध्यक्षतामा संकट व्यवस्थापन इकाइ गठन गरिने म्याक्रोंले बताए। यस इकाइले प्रभावित व्यवसायहरूलाई शीघ्र सहायता उपलब्ध गराउनेछ। त्यस्तै, क्षेत्रीय प्रिफेक्टहरूले स्थानीय मेयरहरूसँग समन्वय गरी आवश्यक सुरक्षात्मक उपायहरू लागू गर्नेछन्। आवश्यक परेमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाउने व्यवस्था पनि गरिनेछ। सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिँदै म्याक्रोंले न्यायमन्त्रीले अभियोजनकर्ताहरूलाई यस्ता मुद्दामा ‘अत्यन्त कडाइका साथ’ अघि बढ्न निर्देशन दिएको बताए। फ्रान्स २४ का अनुसार विभिन्न सहरमा सार्वजनिक भवन र व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण भएका थिए। लियोनमा प्रदर्शनकारीहरूले पर्यटक सूचना केन्द्रमा आगजनी गरेका थिए भने मार्से र लिलमा नगरपालिकाका कार्यालयहरूमा जबर्जस्ती प्रवेश गरेका थिए। विशेषगरी मार्सेमा पसलहरूमा लुटपाट भएको थियो। छ महिनापछि हुने राष्ट्रपतीय निर्वाचनलाई ध्यानमा राख्दै म्याक्रोंले राजनीतिक समूहहरूले सडक प्रदर्शनको दुरुपयोग गर्न सक्ने चेतावनी पनि दिए। उनले राजनीतिक बहस शान्तिपूर्ण रूपमा हुनुपर्नेमा जोड दिए। शनिबार बढ्दो महँगीविरुद्ध देशव्यापी जुलुस भइरहेका बेला राजधानी पेरिससहित देशका विभिन्न क्षेत्रमा सुरक्षा बल र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएका थिए। त्यस क्रममा केही प्रसिद्ध स्थलहरूमा आगजनी गरिएको थियो भने चोरहरूले दर्जनौँ व्यापारिक प्रतिष्ठानमा जबर्जस्ती प्रवेश गरी लुटपाट गरेका थिए। प्रहरीले सप्ताहान्तभर २,३०० भन्दा बढी मानिसलाई पक्राउ गरेको थियो। यसैबीच, अमेरिकी उपविदेशमन्त्री ज्याकोब एस हेलबर्गले आफूले ‘अति–वामपन्थी राजनीतिक आतंकवाद’ को पुनरुत्थानका रूपमा व्याख्या गरेको घटनाप्रति चेतावनी दिएका छन्। उनले सीमापार सञ्जालहरूले विभिन्न देशमा हिंसात्मक गतिविधि समन्वय गरिरहेको आरोप लगाउँदै त्यस्ता समूहको आर्थिक स्रोत र सञ्चालन गतिविधिविरुद्ध कारबाही गर्न आह्वान गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

भारु २ करोडमा बनेको फिल्मले कसरी ३ सय करोड कमायो ?
OthersJust now

भारु २ करोडमा बनेको फिल्मले कसरी ३ सय करोड कमायो ?

करिब पाँच दशकअघि संसार छाडेका एक सन्त, उत्तराखण्डका पहाडमा बनेको एउटा आश्रम र ती सन्तको जीवनबाट प्रेरित एउटा फिल्म । फिल्मको सुरुवात ठूला हिन्दी फिल्मको जस्तो थिएन । तर, अहिले यो फिल्म चर्चाको केन्द्रमा छ । यसको मुख्य कारण हो, ‘हनुमान अंश’ नामक फिल्मले बक्स अफिसमा हासिल गरेको सफलता । प्रसिद्ध फिल्म समीक्षक तरण आदर्शका… ...

अनलाइन खबर
कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प
OthersJust now

कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार मंगलबार बिहान कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प २३ किलोमिटर गहिराइमा गएको थियो। भूकम्पका कारण कुनै मानवीय क्षति वा ठूलो भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त नभएको एएनआइले जनाएको छ । एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट ...

पर्दाफास
डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको उद्धार, उपचारका लागि सुर्खेत लगियो
OthersJust now

डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको उद्धार, उपचारका लागि सुर्खेत लगियो

३ कात्तिक, सुर्खेत । डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ । डोल्पाको विकट बस्तीमा साल अड्किएर जटिल अवस्थामा रहेकी एक गर्भवती महिलाको उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ । शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको गर्भावस्थामा साल अड्किएपछि अवस्था जटिल बनेको थियो । उनलाई… ...

अनलाइन खबर
साल अड्किएर जटिल बनेकी गर्भवतीको उद्धार, उपचारका लागि सुर्खेत ल्याइयो
OthersJust now

साल अड्किएर जटिल बनेकी गर्भवतीको उद्धार, उपचारका लागि सुर्खेत ल्याइयो

डोल्पाको विकट बस्तीमा जटिल अवस्थामा पुगेकी एक गर्भवती महिलालाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ । शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको गर्भावस्थामा साल अड्किएर अवस्था जटिल बनेपछि उनलाई तत्काल उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो । दुर्गम भूगोल, उपचारमा चुनौती उपल्लो डोल्पाका बस्तीमा सामान्य स्वास्थ्य ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play