Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो- द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो- द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् । भारतको औपचारिक राजकीय भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको रास्वपाले जनाएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जान लागेको हो । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् । दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको आचार्यले बताएका छन् । नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न भ्रमण महत्त्वपूर्ण हुने रास्वपाको विश्वास छ । रास्वपाले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिमूलक र सुखद रहोस् भन्ने कामनासमेत गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपाको अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले विश्वास र साझेदारी अभिवृद्धिमा योगदान पुर्‍याउनेछ
OthersJust now

रास्वपाको अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले विश्वास र साझेदारी अभिवृद्धिमा योगदान पुर्‍याउनेछ

६ मंसिर, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताएको छ । प्रधानमन्त्री शाह आज दुई दिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । सोही अवसरमा शुभकामना दिँदै रास्वपा महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी… ...

अनलाइन खबर
‘कफी विद करण ९’ : शनाया कपुरको भाइरल तस्वीरले चर्कियो बहस
OthersJust now

‘कफी विद करण ९’ : शनाया कपुरको भाइरल तस्वीरले चर्कियो बहस

शनाया कपुरको भ्यानिटी टेबलमा राखिएको एउटा कागजको तस्वीर भाइरल भएपछि ‘कफी विद करण’ कार्यक्रम पहिल्यै स्क्रिप्ट तयार गरेर सञ्चालन गरिन्छ कि भन्ने बहस सुरु भएको छ । उक्त कागजमा ‘र्‍यापिड फायर : शनाया कपुर’ लेखिएको देखिन्छ । तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कार्यक्रमका पाहुनालाई प्रश्न पहिल्यै दिइन्छ कि दिइँदैन भन्ने विषयमा चर्चा भइरहेको छ ।… ...

अनलाइन खबर
मधेशमा सहमतिको सरकार गठनको पहल गर्छु : मुख्यमन्त्री यादव
OthersJust now

मधेशमा सहमतिको सरकार गठनको पहल गर्छु : मुख्यमन्त्री यादव

६ मंसिर, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सहमतिको सरकार गठनको पहल गर्ने बताएका छन् । त्यसका लागि दलहरुसँग छलफल गर्ने उनले बताए । आइतबार मुख्यमन्त्री पदको शपथ ग्रहणपछि पत्रकारहरुको जिज्ञासामा उनले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताए । ‘सबै दललाई फेरि मिलाएर सहमतिको सरकार बनाएर राम्रो काम गर्ने,’ उनले भने । उनले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play