Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो । उक्त एक्साभेटरले आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न सुरु गरेको हो । निर्माण कम्पनी शर्मा जेडआईसिजि जेभिका इन्जिनियर ईश्वर नेपालका अनुसार करिब १०० मिटर अग्लो ठाउँमा एक्साभेटर पुर्‍याएर डाँडो काट्न थालिएको हो । बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सडकमा सवारी रोकेर काम गरिएको उनले जानकारी दिए । डाँडोबाट तहगत रूपमा कटान गर्दै एक्साभेटर तल झारिने उनले बताए । “डाँडामा अवस्था हेरेर थप उपकरण वा एक्साभेटर लैजान सकिने देखिएमा सोमबार सम्ममा अर्को एक्साभेटर थप्ने योजना छ । सवारी रोकिएकाले यो समयको उपयोग गर्दै घोप्टेभिरको मुग्लिनतर्फ भित्तो काटेर सडक विस्तार गर्न थालिएको छ । यहाँ १५० मिटर लामो भागमा करिब तीन मिटर चौडा गर्नुपर्ने छ”, नेपालले भने । नेपालका अनुसार चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा सडक चौडा गर्न थालिएको छ । “सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने हुन्छ । दुवै ठाउँमा दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ”, उनले भने । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँचदिन भित्रमा काम सक्ने गरी सवारी रोकेर निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । सरकारी तवरबाट आवश्यक सहजीकरण गरेर घोप्टेभिरको जोखिमपूर्ण भागलाई झार्न लागिएको उहाँको भनाइ छ । सवारी रोकेको समयमा सडक विस्तार गर्नुपर्ने ठाउँमा पनि काम गर्न भनिएको उनले जानकारी दिए । झण्डै एक महिनायता सुक्खा पहिरो खसेर घोप्टेभिरमा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । पटकपटक पहिरो खसेर सवारी रोकिने गरेका छन् भने पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भएको छ । घोप्टेभिर मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । यो सडक हुँदै राजधानी भित्रने र बाहिरने गरिन्छ । एक दिनमा यस सडकमा एक हजार ५०० भन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमण : रविलाई जानकारी गराए, राष्ट्रपतिलाई गराएनन्
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण : रविलाई जानकारी गराए, राष्ट्रपतिलाई गराएनन्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आज भारत भ्रमणमा जाँदैछन् । पौने २ बजे भारततर्फ प्रस्थान गर्न लागेका प्रधानमन्त्री शाहले यसअघिका प्रधानमन्त्री जस्तो कुनै पनि औपचारिकता पूरा नगर्ने भएका छन् । पूर्वप्रधानमन्त्रीहरुसँग छलफल, सुझाव माग्नेदेखि उठाउनुपर्ने विषयमा राय माग्ने काम प्रधानमन्त्रीले गरेनन् । साथै देश बाहिर जाँदा राष्ट्रपतिसँग परामर्श गर्ने, जानकारी गराउने काम समेत उनले […] ...

लोकपथ
यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
Latest NewsJust now

यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’

काठमाडौं– घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी सङ्घ, भी ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा यही मङ्सिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग सङ्घको एक्स्पो सेन्टरमा सञ्चालन हुन लागेको हो । एक्स्पोका बारेमा जानकारी दिन आज ...

विश्वखबर
यस्तो छ प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय भ्रमण टोली
Latest NewsJust now

यस्तो छ प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय भ्रमण टोली

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत भ्रमणमा ३५ जना प्रतिनिधिमण्डल भारत गएका छन्।  भ्रमणदलको सदस्यमा अर्थ र परराष्ट्रमन्त्री सहभागी छन्।  त्यसबाहेक, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु, मन्त्रालयका सचिव सहित कर्मचारीहरु भ्रमण दलको सदस्यमा छन्।  बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू ज्ञ। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह द्द। माननीय डा। स्वर्णिम ... ...

नेपालखबर
माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु
Latest NewsJust now

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

झापा। झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ। माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिवार घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो। मृतक राईको शवपरीक्षणका लागि दमक अस्पताल ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play