Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’

Share:WhatsAppFacebookX (Twitter)Telegram
यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
Photo / Coverage: विश्वखबर

काठमाडौं– घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी सङ्घ, भी ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा यही मङ्सिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग सङ्घको एक्स्पो सेन्टरमा सञ्चालन हुन लागेको हो । एक्स्पोका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष बाबुराम अधिकारीले एक्स्पोले सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई नयाँ गति दिने विश्वास व्यक्त गरे । घरजग्गा कारोबारमा आएको मन्दी, लगानीको अभाव र युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेका बेला स्वदेशमै लगानी तथा उद्यमशीलताको वातावरण निर्माण गर्नु एक्स्पोको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । नेपाल जग्गा तथा आवास व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले एक्स्पोले घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः विगतकै अवस्थामा फर्काउन, आधुनिक निर्माण प्रविधिको प्रवद्र्धन गर्न र सुरक्षित तथा गुणस्तरीय आवास निर्माणबारे उपभोक्तालाई जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने बताए । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा बिक्रेतासहित विभिन्न क्षेत्रका ६० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमण : रविलाई जानकारी गराए, राष्ट्रपतिलाई गराएनन्
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण : रविलाई जानकारी गराए, राष्ट्रपतिलाई गराएनन्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आज भारत भ्रमणमा जाँदैछन् । पौने २ बजे भारततर्फ प्रस्थान गर्न लागेका प्रधानमन्त्री शाहले यसअघिका प्रधानमन्त्री जस्तो कुनै पनि औपचारिकता पूरा नगर्ने भएका छन् । पूर्वप्रधानमन्त्रीहरुसँग छलफल, सुझाव माग्नेदेखि उठाउनुपर्ने विषयमा राय माग्ने काम प्रधानमन्त्रीले गरेनन् । साथै देश बाहिर जाँदा राष्ट्रपतिसँग परामर्श गर्ने, जानकारी गराउने काम समेत उनले […] ...

लोकपथ
घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो
Latest NewsJust now

घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

चितवन । पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो । उक्त एक्साभेटरले आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न ...

केन्द्रबिन्दु
यस्तो छ प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय भ्रमण टोली
Latest NewsJust now

यस्तो छ प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय भ्रमण टोली

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत भ्रमणमा ३५ जना प्रतिनिधिमण्डल भारत गएका छन्।  भ्रमणदलको सदस्यमा अर्थ र परराष्ट्रमन्त्री सहभागी छन्।  त्यसबाहेक, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु, मन्त्रालयका सचिव सहित कर्मचारीहरु भ्रमण दलको सदस्यमा छन्।  बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू ज्ञ। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह द्द। माननीय डा। स्वर्णिम ... ...

नेपालखबर
माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु
Latest NewsJust now

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

झापा। झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ। माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिवार घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो। मृतक राईको शवपरीक्षणका लागि दमक अस्पताल ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play