Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ औषधिको उत्साहजनक नतिजा, ९० प्रतिशतमा ट्युमर बढ्न रोकियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ औषधिको उत्साहजनक नतिजा, ९० प्रतिशतमा ट्युमर बढ्न रोकियो
Photo / Coverage: जनताटाइम्स

काठमाडौँ, मङ्सिर ९ । प्यान्क्रियाटिक अर्थात् अग्न्याशयको क्यान्सर उपचारमा नयाँ औषधि प्रभावकारी देखिएको छ । दैनिक सेवन गरिने डाराक्सोनरासिब नामक औषधि केमोथेरापीसँगै प्रयोग गर्दा अधिकांश बिरामीमा क्यान्सरको ट्युमर बढ्न रोकिएको प्रारम्भिक अध्ययनले देखाएको छ । बीबीसीका अनुसार बेलायतको क्यान्सर रिसर्चका विज्ञहरूले नयाँ औषधिको नतिजालाई उत्साहजनक भनेका छन् । यो औषधिले क्यान्सरको वृद्धि गराउने केआरएएस नामक जीनमा हुने निश्चित परिवर्तनलाई लक्षित गरेर काम गर्छ । चिकित्सकीय परीक्षणमा शरीरका अन्य भागमा समेत फैलिएको प्यान्क्रियाटिक क्यान्सर भएका ६१ जना बिरामी सहभागी थिए । उनीहरूलाई नयाँ औषधिसँगै केमोथेरापी दिइएको थियो । परीक्षणमा ९० प्रतिशत बिरामीमा क्यान्सरको ट्युमर बढ्न रोकिएको र ६० प्रतिशतभन्दा बढीमा ट्युमरको आकार घटेको वा हराएको पाइएको छ । त्यस्तै, १२ जनामध्ये एक जनाको ट्युमर सिटी स्क्यानमा समेत देखिन छाडेको थियो । विशेषज्ञहरूले यसलाई प्यान्क्रियाटिक क्यान्सर उपचारमा दशकौँयताकै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । यद्यपि, चिकित्सकहरूले यसलाई क्यान्सर पूर्ण रूपमा निको पार्ने उपचारका रूपमा लिन नहुने बताएका छन् । औषधिले कति समयसम्म क्यान्सर नियन्त्रणमा राख्न सक्छ र बिरामीको आयु कति बढाउन सक्छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ । प्यान्क्रियाटिक क्यान्सर प्रायः ढिलो पहिचान हुने र रोग शरीरका अन्य भागमा फैलिसकेपछि उपचार प्रभावकारी बनाउन कठिन हुने भएकाले यसका बिरामीको बाँच्ने सम्भावना कम हुने गरेको छ । यस्तो अवस्थामा नयाँ औषधिको प्रारम्भिक नतिजाले उपचारमा नयाँ सम्भावना देखाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
फिदिममा आँखा शिविर : ५०७ को परीक्षण
HealthJust now

फिदिममा आँखा शिविर : ५०७ को परीक्षण

नारायण तुम्बापोफिदिम, मंसिर ९ गते । फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा फिदिममा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा पहिलो दिन ५०७ जनाले सेवा लिएक... ...

गोरखापत्र
अस्पतालको फोहोर बेचेर वार्षिक डेढ लाख आम्दानी गर्दै प्रादेशिक अस्पताल भद्रपुर
HealthJust now

अस्पतालको फोहोर बेचेर वार्षिक डेढ लाख आम्दानी गर्दै प्रादेशिक अस्पताल भद्रपुर

भद्रपुर ।अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापन स्वास्थ्य संस्थाका लागि चुनौती बनिरहेका बेला झापाको प्रादेशिक अस्पताल भद्रपुरले भने फोहोरलाई आम्दानीको स्रोत बनाएको छ।अस्पतालले पुनःप्रयोग गर्न मिल्ने फोहोर छुट्याएर बिक्री गर्दै वार्षिक करिब १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ। अस्पतालले विगत पाँच वर्षदेखि फोहोर व्यवस्थापनमार्फत नियमित आम्दानी गर्दै आएको... ...

हेल्थवाणी
महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह
HealthJust now

महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महिलालाई सम्मान, सुरक्षा, स्वतन्त्रता र समान अवसरसहित जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले कुनै पनि... ...

हेल्थवाणी
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
HealthJust now

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने

काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। बाँकी भूभागमा भने मौसम... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement