Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

उत्तरगयामा बाढीले मरेका पशुपन्छीको अवशेष व्यवस्थापन सुरु, प्रभावितलाई अस्थायी रोजगारी दिइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
उत्तरगयामा बाढीले मरेका पशुपन्छीको अवशेष व्यवस्थापन सुरु, प्रभावितलाई अस्थायी रोजगारी दिइने
Photo / Coverage: पर्दाफास

रसुवाको उत्तरगया गाउँपालिकामा बाढीबाट मरेका पशुपन्छीका अवशेष व्यवस्थापन तथा क्षतिग्रस्त कृषि क्षेत्रको पुनस्र्थापनाका काम सुरु गरिएका छन् । खाद्य तथा कृषि संगठन (एफएओ) अन्तर्गत सञ्चालित परियोजनाले पशुपन्छीका अवशेष व्यवस्थापनसँगै बाढीले क्षति पुर्याएका खेतीयोग्य जमिन, सिँचाइ कुलो र खानेपानीका संरचना पुनस्र्थापनालाई प्राथमिकतामा राखेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा परियोजनाकी प्रतिनिधि पल्लवी अधिकारीले उत्तरगया गाउँपालिकाका वडा नम्बर १, ४ र ५ मा पशुपन्छीका अवशेष व्यवस्थापन गर्नुपर्ने सम्भावना देखिएकाले स्थानीय तहसँगको समन्वयमा काम अघि बढाइएको बताइन् । उनका अनुसार गाउँपालिकाको समन्वयमा सम्बन्धित वडामा उपभोक्ता समिति गठन गरी बाढी प्रभावित स्थानीयवासीलाई नै परिचालन गरेर पशुपन्छीका अवशेष व्यवस्थापन गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । पशु सेवा विभागले गत भदौ १० गतेको बाढीपछि जारी गरेको पशु अवशेष व्यवस्थापनसम्बन्धी निर्देशिकालाई प्राविधिक आधार बनाएर काम भइरहेको अधिकारीले बताइन् । अवशेष भेटिएका स्थानबाट संकलन गरी खनिएका खाल्डामा व्यवस्थित रूपमा व्यवस्थापन गर्ने तथा अवशेष भेटिएको स्थान र व्यवस्थापन गरिएको ठाउँमा चुन र निःसंक्रमण औषधि प्रयोग गर्ने योजना रहेको उनको भनाइ छ । पशुपन्छीका अवशेषको उचित व्यवस्थापनले जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्ने अधिकारीले बताइन् । पशु, मानव र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएकाले बाढीपछि मरेका पशुपन्छीको अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्न आवश्यक रहेको उनले स्पष्ट पारिन् । परियोजनाले अवशेष व्यवस्थापनसँगै बाढी प्रभावित स्थानीयवासीलाई अस्थायी रोजगारीसमेत उपलब्ध गराउने लक्ष्य राखेको छ । यसबाट प्रभावित परिवारलाई केही समयका लागि आयआर्जनको अवसर प्राप्त हुनुका साथै आफ्नै समुदायको पुनस्र्थापनामा योगदान पुग्ने अधिकारीको भनाइ छ । उनका अनुसार प्रत्येक उपभोक्ता समितिमा बढीमा ३० जना श्रमिक परिचालन गरिनेछ । उनीहरूले २५ दिनसम्म काम गर्न पाउनेछन् । यसअनुसार एउटा उपभोक्ता समितिमार्फत ७५० श्रमदिन बराबरको रोजगारी सिर्जना हुनेछ । त्यस्तै, बाढीले पुरिएका वा क्षति पु¥याएका खेतीयोग्य जमिन पुनः प्रयोग गर्न सकिने अवस्था भएमा त्यसको पुनस्र्थापना गरिनेछ । सिँचाइ कुलो तथा खानेपानीका संरचनामा क्षति पुगेको भए स्थानीय उपभोक्ता समितिले आवश्यकताको पहिचान गरी प्राथमिकताका आधारमा पुनस्र्थापनाका काम अघि बढाउनेछन् । स्थानीयवासीलाई आफ्नो क्षेत्रको क्षति र आवश्यकताबारे बढी जानकारी हुने भएकाले उपभोक्ता समितिमार्फत नै कामको पहिचान र निर्णय गरिने अधिकारीले बताइन् । हाल उत्तरगया गाउँपालिका–५ मा परियोजनाको काम सुरु भएको छ । वडा नम्बर ५ मा पहिलो दिन नै पशुपन्छीका अवशेष भेटिएका स्थानको पहिचान गरी तिनलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने काम अघि बढाइएको छ । यसैबीच, उत्तरगया गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार बाढीका कारण ६० वटा गाई, पाँचवटा गोरु, ६१ वटा भैँसी, एक हजार २१९ वटा बाख्रा, २८ वटा हाँस, १४१ वटा बङ्गुर र एउटा खरायोमा क्षति पुगेको छ । अधिकारीका अनुसार परियोजनाको कुल कार्यअवधि ४५ दिन रहेको छ । त्यसमध्ये २५ दिन श्रमिक परिचालन गरी पशुपन्छीका अवशेष व्यवस्थापन, खेतीयोग्य जमिन पुनस्र्थापना तथा खानेपानी र सिँचाइका संरचना मर्मत तथा पुनस्र्थापनाका काम गरिनेछ । स्थानीय आवश्यकताको पहिचानका आधारमा परियोजनाले तोकेका उद्देश्यभित्र रहेर काम सञ्चालन गरिने छ । यसैगरी, स्थानीय सन्तोष आचार्यले बाढीपहिरो प्रभावित क्षेत्रमा ठूलो क्षति पुगेको र अझै पनि प्रभावित स्थानमा मानवीय अवशेषका रूपमा हड्डीहरू भेटिने गरेको बताए । भेटिएका अवशेष संकलन गर्ने, उचित व्यवस्थापन गरी विसर्जन गर्ने तथा पुरिएका स्थानमा खोजी गर्ने काम सुरु भएको उनको भनाइ छ । यद्यपि, यो काम केही ढिलो गरी सुरु भएको उनले टिप्पणी गरे । उनका अनुसार वडा नम्बर ५ मा मात्रै करिब पाँचदेखि सात सय घरधुरीमा क्षति पुगेको छ । प्रभावित क्षेत्रको तल्लो भेगमा एउटै क्षेत्रमा करिब दुई सय घरधुरी क्षतिग्रस्त भएका छन् । विशेषगरी भूकम्पपछि अन्यत्रबाट विस्थापित भएर आएर बसेका परिवारको घरसमेत पूर्ण रूपमा क्षति भएको उनले बताए । आचार्यले बाढीपहिरोले घर तथा भौतिक संरचनामा मात्रै नभई स्थानीयको मुख्य आम्दानीको स्रोतसमेत समाप्त पारेको बताए । उनका अनुसार उक्त क्षेत्र पहिले कृषि उत्पादनका हिसाबले निकै उर्वर थियो । किसानले वर्षमा तीनदेखि चार बालीसम्म लगाउने गर्थे। विशेषगरी आलु उत्पादनका लागि प्रसिद्ध उक्त क्षेत्रबाट ठूलो परिमाणमा आलु बजारसम्म बिक्रीका लागि पठाइने गरेको थियो । तर अहिले खेतीयोग्य जमिन गेग्रान र ढुङ्गामाटोले पुरिएर बगरमा परिणत भएको छ । खेत कहाँ थियो र कुन जमिन कसको हो भन्ने पहिचान गर्नसमेत कठिन भएको उनको भनाइ छ । उनले भने, ‘पहिले यही क्षेत्र मुख्य बेँसी फाँट थियो । यहाँ तरकारी, आलु, धानलगायत विभिन्न बाली उत्पादन हुन्थे। वर्षमा तीनदेखि चार बालीसम्म लगाउन सकिन्थ्यो । किसानले यही जमिनबाट राम्रो आम्दानी गरेर जीविकोपार्जन गर्दै आएका थिए । अहिले सबै जमिन बगरमा परिणत भएको छ । किसानको आम्दानी शून्यमा झरेको छ ।’ बाढीपहिरोपछि स्थानीयको आवतजावतमा भने केही सहजता आएको भए पनि उत्पादन र जीविकोपार्जनका लागि आवश्यक आधार नै समाप्त भएको उनले बताए । पहिले उक्त क्षेत्रबाट त्रिशूली पारि पुग्नसमेत पाँचदेखि सात घण्टासम्म लाग्ने गरेको उल्लेख गर्दै अहिले आवतजावत केही सहज भए पनि खेती गर्ने जमिन नहुँदा स्थानीयको समस्या समाधान हुन नसकेको उनको भनाइ छ । आचार्यले प्रभावित किसानलाई राहत दिन सरकारले तत्काल दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए । विशेषगरी पुरिएका खेतीयोग्य जमिनको नापी, नक्साङ्कन गरी जग्गाको पहिचान र सीमाङ्कन गर्नुपर्ने उनको माग छ । त्यसपछि डोजर लगाएर गेग्रान हटाउने तथा खेती गर्न मिल्ने जमिन पुनः निर्माण गर्न सके किसानले पुनः जीविकोपार्जनको आधार पाउने उनले बताए । उनले भने, ‘पहिला सरकारले वा सम्बन्धित संघसंस्थाले किसानको जग्गा छुट्याउने, नापी नक्सा गर्ने र बाँकी रहेको जमिन पहिचान गर्ने काम गर्नुपर्छ । त्यसपछि डोजर लगाएर खेतीयोग्य जमिन बनाउन सके किसानले फेरि आफ्नो पेसा गर्न पाउँथे । अहिले त बगरबाहेक केही छैन । खाने र बाँच्ने विकल्पसमेत छैन ।’ उनका अनुसार अहिले किसान तत्कालीन राहतको अवस्थामा मात्रै सीमित नभई आफ्नो उत्पादनको आधार पुनःस्थापना हुने आशामा छन् । त्यसका लागि सरकार, सम्बन्धित निकाय तथा विभिन्न संघसंस्थाले समन्वय गरेर पुनःस्थापना र कृषि जमिन पुनर्निर्माणमा पहल गर्न आवश्यक छ । बाढीपहिरोले घर, खेत र सम्पत्ति गुमाएका स्थानीयका लागि अबको मुख्य चुनौती जीविकोपार्जनको आधार पुनःस्थापना गर्नु रहेको आचार्यले बताए । किसानले फेरि आफ्नै जमिनमा खेती गरेर खान सक्ने वातावरण निर्माण गर्न सके मात्रै प्रभावित समुदायले वास्तविक राहत महसुस गर्ने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१५ दिनदेखि कोशी प्रदेश प्रमुखविहीन
OthersJust now

१५ दिनदेखि कोशी प्रदेश प्रमुखविहीन

९ मंसिर, विराटनगर । प्रदेश प्रमुखको पाँच वर्षे कार्यकाल पूरा गरी परशुराम खापुङ विदा भएपछि कोशी प्रदेश प्रदेश प्रमुख विहीन बनेको छ । २०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखमा नियुक्त भएका खापुङ गत कात्तिक २४ गतेदेखि बिदा भएपछि १५ दिनयता प्रदेश प्रमुखविहीन बनेको हो । संघीय सरकारले अझै नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छैन… ...

अनलाइन खबर
पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न होरा इस्पोर्ट्स टर्किए प्रस्थान
OthersJust now

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न होरा इस्पोर्ट्स टर्किए प्रस्थान

९ मंसिर, काठमाडौं । नेपाली टोली होरा ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२६ खेल्न टर्किए प्रस्थान गरेको छ। प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर १३ सम्म टर्किएको इस्तानबुलमा हुनेछ। पब्जी मोबाइलको सन् २०२६ को प्रतिस्पर्धात्मक सिजनको अन्तिम प्रतियोगिताका रूपमा रहेको पीएमजीसीमा ३९ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि ३० लाख अमेरिकी डलर रहेको छ।… ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरुपश्चिम र पुलिस विजयी
OthersJust now

१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरुपश्चिम र पुलिस विजयी

९ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा जारी महिला बास्केटबलतर्फ बुधबार दुई वटा खेल सम्पन्न भएका छन् । बुधबार विहान सम्पन्न दुई वटा खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् । फुल-कोर्ट (५×५) महिला बास्केटबलतर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–२९ को अन्तरले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा फुल–कोर्ट… ...

अनलाइन खबर
नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु
OthersJust now

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु

काठमाण्डु– नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ। २०८३ मङ्सिर ९ गतेदेखि सुरु भएको अभ्यासको शुभारम्भ मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन् । मङ्सिर २३ गतेसम्म सञ्चालन हुने अभ्यासमा दुवै देशका गणस्तरका सैनिक सहभागी छन्। अभ्यासका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement