Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सर्वोत्तम पेन्ट्सको ४२ हजार ५ सय कित्ता सेयरको लक-इन अवधि पुस १० गते सकिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोत्तम पेन्ट्सको ४२ हजार ५ सय कित्ता सेयरको लक-इन अवधि पुस १० गते सकिँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४२ हजार ५०० कित्ता साधारण सेयरको लक–इन अवधि आगामी पुस १० गते सकिँदै छ। कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमध्ये ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा उक्त सेयरको कुल मूल्य ४२ लाख ५० हजार रुपैयाँ रहेको छ। कम्पनीको उक्त सेयर असार ११ गते बाँडफाँट भएको थियो। धितोपत्रसम्बन्धी नियमानुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको सेयर ६ महिनासम्म लक–इनमा राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आगामी २०८३ पुस १० गते लक–इन अवधि समाप्त हुन लागेको हो। लक–इन अवधि समाप्त भएपछि सामूहिक लगानी कोषको स्वामित्वमा रहेको उक्त सेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ। यससँगै बजारमा सर्वोत्तम पेन्ट्सको थप ४२ हजार ५०० कित्ता सेयर कारोबारका लागि उपलब्ध हुनेछन्। The post सर्वोत्तम पेन्ट्सको ४२ हजार ५ सय कित्ता सेयरको लक-इन अवधि पुस १० गते सकिँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हाम्राकुरा
सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सुरु
Latest NewsJust now

सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सुरु

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा नेपाली र भातीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ।  बुधबार मध्य पश्चिम पृतननाका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले संयुक्त अध्यासको उद्घाटन गरेका छन्। ‘सूर्यकिरण’ नाम दिइएको यो २०औं संयुक्त अभ्यास हो।  संयुक्त अभ्यास मंसिर २२ गतेसम्म चल्नेछ। २०६७ सालदेखि नेपाल र भारतले वार्षिक रुपमा आ... ...

नेपालखबर
ग्यास अभाव हुन नदिन सरकारको पहल :  आयात, भण्डारण र बजार वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन
Latest NewsJust now

ग्यास अभाव हुन नदिन सरकारको पहल :  आयात, भण्डारण र बजार वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन

काठमाडौँ । आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आयातदेखि बजार वितरणसम्मका सबै चरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगहरूलाई निर्देशन... ...

रातोपाटी
प्रधानमन्त्रीको भारत भ्रमण नेपाल-भारत सम्बन्धका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्छ : अजयभद्र खनाल
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण नेपाल-भारत सम्बन्धका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्छ : अजयभद्र खनाल

खनालका अनुसार बदलिँदो भू–राजनीतिक परिवेशमा सीमा विवाद कूटनीतिबाट सुल्झाउँदै आर्थिक विकास र युवाका अवसरमा सहकार्य गर्न सकिन्छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement