पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ । फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो । एक महिनामा ३० वटा उडान सञ्चालन भएकामा दुबई–पोखरा चार हजार ५२१ र पोखरा–दुबई एक हजार ८४१ गरी छ हजार ३६२ जना यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक जगन्नाथ निरौलाले बताए । उनका अनुसार सुरुआतको एक महिना अन्तर्राष्ट्रिय उडानलाई उत्साहजनक रुपमा लिइएको छ। ‘नेपालीहरुको ठूला चाड दसैं र तिहारका कारणले दुबईबाट आउने यात्रुहरुको संख्या वृद्धि भइरहेको छ भने यहाँबाट जानेहरु समेत बढिरहेका छन् । सबैको साथ र प्रयासबाट पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र दीर्घकालिन हुने विश्वास गर्न सकिन्छ । यसमा सरकारी तथा निजी क्षेत्रले मिलेर प्रवद्धनात्मक काम गर्नुपर्छ’, महाप्रबन्धक निरौलाले भने । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित उडानको पहिलो महिनाको उपलब्धिलाई उत्साहजनक बताउँदै पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिएका छन् । उनले पोखरा–दुबई उडानलाई निरन्तरता दिन सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरिएकोमा फ्लाई दुबईको व्यवस्थापन टोलीप्रति धन्यवाद व्यक्त गरे । ‘दुबईबाट पोखरा आउने यात्रुको संख्या राम्रो रहे पनि पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउन सके उडानलाई थप प्रभावकारी र दिगो बनाउन सकिन्छ । पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी तथा निजी क्षेत्रलाई सम्भव भएसम्म पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न हामीले आग्रह गरेका छौँ’, प्रमुख आचार्यले भने । व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाट भ्रमण प्याकेज सञ्चालन गर्न पनि उनले अनुरोध गरेका छन् । फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले दुबईलाई मात्र नभई त्यहाँबाट जोडिने विश्वका विभिन्न सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थान बिन्दु बनाउन आग्रह गरेका छन् । लामो समय पछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउनुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । विसं २०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । कहिलेकाहीँ अन्तर्राष्ट्रिय चार्टर उडान हुनु बाहेक यो विमानस्थल आन्तरिक उडानमा सीमित बनेको थियो । फ्लाइ दुबईको उडानपछि अन्य विमान कम्पनी समेत पोखरामा उडान भर्न आकर्षित भएको छ । रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने
म्याग्दी – बाढीपहिरो र म्याग्दी नदीको कटानले क्षतविक्षत बनेको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब ९ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएको हो। पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने सडकको बेनीदेखि मुना खण्डका करिब […] ...

पोखरा–दुबई उडान: १ महिनामा ६ हजारभन्दा धेरै यात्रुले लिए सेवा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ । फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान शुरू गरेको थियो। एक महिनामा ३० वटा उडान सञ्चालनमा दुबई–पोखरा चार हजार ५२१ र पोखरा–दुबई एक हजार ८४१ गरी छ हजार ३६२ जना यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्... ...

अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ २१ पैसा, पाउण्डको कति पुग्यो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ... ...

भारतमा अम्बानीको जियो कम्पनीमा ७७ अर्ब डलरको आईपीओ
नयाँ दिल्ली । अर्बपति मुकेश अम्बानीले २० वर्षपछि ल्याएको पहिलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि शुक्रबारसम्म ७७ अर्ब डलरभन्दा बढीको बोलकबोल परेको छ। यससँगै उनको दूरसञ्चार तथा डिजिटल व्यवसाय जियो प्लेटफर्म्स भारतकै सबैभन्दा बढी आवेदन परेको सेयर निष्कासन बनेको छ। यसले मुकेशका भाइ अनिल अम्बानीको समूहअन्तर्गतको रिलायन्स पावरले सन् २००८ मा ल्याएको आईपीओको रेकर्ड तोडेको छ। कृत्रिम बौद्धिकता (एआई) सँग ...


