Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

पार्टीका कमजोरी यहीँ छाडेर जिम्मेवारीबोधका साथ फर्किनुपर्छ : पद्मा अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पार्टीका कमजोरी यहीँ छाडेर जिम्मेवारीबोधका साथ फर्किनुपर्छ : पद्मा अर्याल
Photo / Coverage: जनताटाइम्स

काठमाडौँ, मंसिर २ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टीभित्रका कमजोरी पहिचान गरी तिनलाई सुधार गर्दै जनविश्वास पुनः आर्जन गर्नुपर्ने बताउनुभएको छ । आजदेखि सुरु भएको नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई स्वागत गर्दै सचिव अर्यालले असामान्य परिस्थितिमा आयोजना गरिएको यस भेलाले पार्टीसामु खडा भएका चुनौती पहिचान गर्नुका साथै पार्टी पङ्क्तिमा आत्मविश्वास र उत्साह भर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई कसरी बलियो बनाउने र पुनः जनताको विश्वास कसरी आर्जन गर्ने भन्ने विषय अहिलेको मुख्य प्रश्न भएको उहाँको भनाइ छ । त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले जनताका प्रश्न, गुनासा र सुझाव सुन्न पार्टीका सबै नेता–कार्यकर्ता तयार हुनुपर्ने बताउनुभयो । ‘हामीले जनताका कुरा सुन्ने, जनतासँगै बसेर छलफल गर्ने र उनीहरूलाई पार्टीमा आबद्ध गराउने काममा लाग्नुपर्छ,’ उहाँले भन्नुभयो । सचिव अर्यालले पार्टीले अब प्रश्न उठाउने भूमिकामा मात्र सीमित नभई जनताका प्रश्नको जवाफ दिने जिम्मेवारीसमेत लिनुपर्ने धारणा राख्नुभयो । प्रश्न गरेर समय खेर फाल्नुभन्दा आगामी राजनीतिक परीक्षामा सफल हुने तयारीमा जुट्नुपर्ने उहाँको भनाइ थियो । ‘अब हामीले प्रश्न गर्ने मात्र होइन, प्रश्नको जवाफ दिने जिम्मेवारी पनि बहन गर्नुपर्छ । प्रश्न गरेर समय बरबाद नगरौँ, आउँदै गरेको राजनीतिक परीक्षामा उत्तीर्ण हुने तयारी गरौँ,’ उहाँले भन्नुभयो । उहाँले पछिल्लो सात महिनाको सरकारको कार्यशैली र अवस्थाबारे टिप्पणी गर्दै सरकारको वास्तविकता देखिन थालेको दाबी गर्नुभयो । देश निर्माण गर्ने क्षमता नेकपा एमालेसँग रहेको उल्लेख गर्दै उहाँले पार्टीलाई थप सुदृढ बनाउने आत्मविश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय भेलालाई पार्टीका कमजोरी स्वीकार गर्ने, विगतका गल्तीबाट पाठ सिक्ने र नयाँ जिम्मेवारीबोधका साथ अघि बढ्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै अर्यालले भन्नुभयो, ‘हाम्रा सबै कमजोरी यहीँ छाड्नेछौँ । आफ्नो जिम्मेवारीबोध गरेर हामी यहाँबाट जानेछौँ ।’ उहाँको भनाइले राष्ट्रिय कार्यकर्ता भेलाबाट पार्टीभित्र आत्मसमीक्षा, एकता, संगठन सुदृढीकरण र जनविश्वास पुनःस्थापनाको अपेक्षा गरिएको संकेत गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, प्राथमिकतामा हवाई पहुँच र विकास आयोजना
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, प्राथमिकतामा हवाई पहुँच र विकास आयोजना

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणका लागि विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको र विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने जानकारी दिए। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको यो उनको पहिलो छिमेकी मुलुकको औपचारिक भ्रमण हुनेछ। यसअघि ...

फरकधार
बाढीले थुपारेको ढुंगा–गिट्टीमा अर्बौंको सम्भावना, विपत्ति बन्न सक्छ आम्दानीको स्रोत
PoliticsJust now

बाढीले थुपारेको ढुंगा–गिट्टीमा अर्बौंको सम्भावना, विपत्ति बन्न सक्छ आम्दानीको स्रोत

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोले त्रिशूलीलगायत विभिन्न नदी तथा खोलामा थुपारेको ढुंगा, गिट्टी र बालुवा राज्यका लागि आम्दानीको स्रोत बन्न सक्ने देखिएको छ । बाढीले नदीको प्राकृतिक बहाव क्षेत्रमा ठूलो परिमाणमा लेदोसहित ढुंगा, गिट्टी र बालुवा थुपारेको छ । कतिपय स्थानमा नदीको सतह पुरिएर बहाव क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ । यस्तो अवस्थामा थुप्रिएको नदीजन्य पदार्थलाई प्राविधिक ...

फरकधार
संसद् र संसदीय समिति सक्रिय बनाउन विपक्षीको दबाब
PoliticsJust now

संसद् र संसदीय समिति सक्रिय बनाउन विपक्षीको दबाब

संसद्का विषयगत समितिलाई सक्रिय बनाउन र सरकारका कामकारबाहीमाथि निगरानी बढाउन विपक्षी दलहरूले दबाब बढाएका छन् । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै निवेदन दर्ता गराएको छ ।  राप्रपा र नेपाल कम्युनिस्ट पार्टीका सांसदले पनि राज्य व्यवस्था समितिको बैठक माग गरेका छन् । विपक्षी दलहरूले बैठक माग गरेसँगै समितिको बैठक कसरी बोलाउन सकिन्छ ...

फरकधार
एमाले राष्ट्रिय भेलाका लागि आइपुगे प्रतिनिधि, उद्घाटनको तयारी [तस्बिरहरू]
PoliticsJust now

एमाले राष्ट्रिय भेलाका लागि आइपुगे प्रतिनिधि, उद्घाटनको तयारी [तस्बिरहरू]

नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी हुन देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट प्रतिनिधि र नेता–कार्यकर्ता काठमाडौं आइपुगेका छन् । भेलाको उद्घाटनको तयारी भइरहँदा सहभागीहरू कार्यक्रमस्थल पुग्ने क्रम जारी छ । प्रतिनिधिहरूको आगमनसँगै कार्यक्रमस्थलमा चहलपहल बढेको छ ।  ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play