Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- काठमाडौं र तराईको दूरी मात्रै होइन, आर्थिक दूरी पनि घटाउँछ

Share:WhatsAppFacebookX (Twitter)Telegram
फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- काठमाडौं र तराईको दूरी मात्रै होइन, आर्थिक दूरी पनि घटाउँछ
Photo / Coverage: पर्दाफास

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन् । बुधवार काठमाडौँ-तराई-मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई-मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् । उनले करिव ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने उल्लेख गरे । राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजना निर्माणमा नेपाली सेनाले हासिल गरेको प्रगति र उत्साहको प्रशंसा गर्दै निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे। विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद नेपाली सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय रहेको उनको भनाइ छ । उनले द्रुतमार्गको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्रै सीमित नरहेको बताए । यसले राजधानी र तराई-मधेसबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे । त्यस्तै, पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा समेत द्रुतमार्गको योगदान महत्त्वपूर्ण हुने राष्ट्रपति पौडेलले बताए । आफूले द्रुतमार्गको तेस्रो पटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै उनले नेपाली सेनाले हालसम्म हासिल गरेको प्रगतिले आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा थप विश्वस्त बनाएको बताए। पौडेलले भने, ‘नेपाली सेनाले आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्र निर्माण र विकासका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय छ । जटिल भौगोलिक अवस्था र विभिन्न चुनौतीका बाबजुद यस आयोजनामा सेनाले देखाएको दक्षता, कार्यकुशलता र प्रतिबद्धता सराहनीय छ । काठमाडौँ उपत्यकालाई तराई-मधेससँग जोड्ने यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी घट्नुका साथै यातायात, व्यापार, पर्यटन तथा समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु । यसले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई समेत थप मजबुत बनाउनेछ । आज तेस्रो पटक यस आयोजनाको स्थलगत अवलोकन गर्ने अवसर पाउँदा नेपाली सेनाले हासिल गरेको प्रगति र दृढ इच्छाशक्तिबाट म अत्यन्त उत्साहित र विश्वस्त भएको छु । यस राष्ट्रिय गौरवको आयोजना सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाली सेना, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । निर्धारित समयमै आयोजना सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै सबैको आगामी कार्यसफलताको कामना गर्दछु ।’ राष्ट्रपति पौडेलले आयोजना निर्माणमा सरकार, रक्षा मन्त्रालय, नेपाली सेना, निर्माण व्यवसायी तथा अन्य सम्बन्धित पक्षले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रभावकारी समन्वय र प्रतिवद्धताका साथ काम गर्न आग्रह गरे। उनले निर्धारित समयभित्रै आयोजना सम्पन्न होस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौँ–तराई द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ‘ब्रेकथ्रु’
OthersJust now

काठमाडौँ–तराई द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ‘ब्रेकथ्रु’

राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको करिव ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको दुवैतर्फको खण्ड जोड्ने (ब्रेकथ्रु)कार्य पनि सम्पन्न भएको हो । नेपाली सेनाकाअनुसार आयोजनाअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये तीन स्थानका पाँचवटा सुरुङको यसअघि नै ब्रेकथ्रु भइसकेको छ । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै सुरुङ ...

पर्दाफास
एमालेले आफूलाई पुनः आविष्कार गर्नुपर्छ
OthersJust now

एमालेले आफूलाई पुनः आविष्कार गर्नुपर्छ

मदन भण्डारीको सिर्जनात्मक विरासत बोकेको पार्टीलाई आज केपी ओलीको अर्को अनुमोदन होइन, वैचारिक पुनर्जागरण र नेतृत्वको पुस्तान्तरण आवश्यक छ। बदलिँदो समय र नयाँ पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्न एमालेले आफूलाई पुनः आविष्कार गर्नुपर्छ । ...

अनलाइन खबर
पाँच स्थानीय तह भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीमुक्त घोषणा (सूचीसहित)
OthersJust now

पाँच स्थानीय तह भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीमुक्त घोषणा (सूचीसहित)

२ मंसिर, काठमाडौं । सरकारले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका लागि स्थानीय तह र जिल्लाको प्रगतिलाई छुट्टाछुट्टै अनुगमन र मूल्यांकन गर्ने भएको छ । भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका समस्या समाधानका लागि अब जिल्ला र पालिकाको छुट्टाछुट्टै अनुगमन र मूल्यांकन सुरु गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play