Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

काठमाडौँ–तराई द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ‘ब्रेकथ्रु’

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँ–तराई द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ‘ब्रेकथ्रु’
Photo / Coverage: पर्दाफास

राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको करिव ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको दुवैतर्फको खण्ड जोड्ने (ब्रेकथ्रु)कार्य पनि सम्पन्न भएको हो । नेपाली सेनाकाअनुसार आयोजनाअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये तीन स्थानका पाँचवटा सुरुङको यसअघि नै ब्रेकथ्रु भइसकेको छ । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै सुरुङ निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ । आयोजना निर्माणबारे जानकारी दिँदै नेपाली सेनाले अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको जनाएको छ । उच्च प्रविधियुक्त पुललगायत द्रुतमार्गका अन्य संरचना निर्माणको काम पनि अपेक्षित गतिमा अघि बढिरहेको सेनाको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार ३ हजार ४ सय २२ मिटर लम्बाई रहेको महादेवटार सुरुङको ब्रेक थ्रु गरे । आयोजनाको निर्माण कार्य विभिन्न चरणमा प्रभावित भएपनि अहिले ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्या प्रमुख चुनौतीका रूपमा रहेको छ । उक्त क्षेत्रमा करिव ६.५ किलोमिटर सडक खण्डको विवाद समाधानका लागि पहल भइरहेको र समस्या समाधान भएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने नेपाली सेनाले जनाएको छ । महादेवटार सुरुङ आयोजनाको सबैभन्दा लामो सुरुङ हो । यसको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदुत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिलगायतको उपस्थिति रहेको छ । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन आग्रह गरेको छ । साथै आयोजना निर्माणमा सहयोग गर्ने नेपाल सरकार, रक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, प्रदेश तथा स्थानीय तह र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- काठमाडौं र तराईको दूरी मात्रै होइन, आर्थिक दूरी पनि घटाउँछ
OthersJust now

फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- काठमाडौं र तराईको दूरी मात्रै होइन, आर्थिक दूरी पनि घटाउँछ

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन् । बुधवार काठमाडौँ-तराई-मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई-मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् । उनले करिव ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा ...

पर्दाफास
एमालेले आफूलाई पुनः आविष्कार गर्नुपर्छ
OthersJust now

एमालेले आफूलाई पुनः आविष्कार गर्नुपर्छ

मदन भण्डारीको सिर्जनात्मक विरासत बोकेको पार्टीलाई आज केपी ओलीको अर्को अनुमोदन होइन, वैचारिक पुनर्जागरण र नेतृत्वको पुस्तान्तरण आवश्यक छ। बदलिँदो समय र नयाँ पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्न एमालेले आफूलाई पुनः आविष्कार गर्नुपर्छ । ...

अनलाइन खबर
पाँच स्थानीय तह भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीमुक्त घोषणा (सूचीसहित)
OthersJust now

पाँच स्थानीय तह भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीमुक्त घोषणा (सूचीसहित)

२ मंसिर, काठमाडौं । सरकारले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका लागि स्थानीय तह र जिल्लाको प्रगतिलाई छुट्टाछुट्टै अनुगमन र मूल्यांकन गर्ने भएको छ । भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका समस्या समाधानका लागि अब जिल्ला र पालिकाको छुट्टाछुट्टै अनुगमन र मूल्यांकन सुरु गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play