पाकिस्तानी कप्तान फरहान एनपिएल खेल्न नेपाल आइपुगे
पाकिस्तान टी–२० क्रिकेट टोलीका कप्तान साहबजादा फरहान नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न शनिबार नेपाल आइपुगेका छन् । कर्णाली याक्सले शुक्रबार फरहानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई क्लबका प्रतिनिधिले स्वागत गरेका थिए । ३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानबाट ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ५५४ रन बनाएका छन् । जसमा दुई शतक र १३ अर्धशतक छन् । उनले पछिल्ला तीन टी–२० खेलमा लगातार अर्धशतक बनाएका थिए । कर्णालीले फरहानसँगै प...
Read Complete Original Article
Published originally on फरकधार
Related News

चितवनमा तीन महिनामा २८ जनाले त्यागे नागरिकता, के हो कारण ?
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा चितवनमा २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार साउनदेखि असोज मसान्तसम्म नागरिकता परित्याग गर्नेमा १० महिला र १८ पुरुष छन् । यस अवधिमा चार जनाको नागरिकता रद्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा तीन हजार ६२ जनाले वंशजका ...

सरकारमाथि प्रचण्डको प्रहार : देशमा निराशा र असन्तुष्टि बढ्यो
काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महँगी, बेरोजगारी, भ्रष्टाचार र लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेपविरुद्ध देशव्यापी राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । संयोजक प्रचण्डले सार्वजनिक गरेको अपिलमा ठूलो आशा र अपेक्षासहित गठन भएको दुईतिहाइको सरकारले जनताको अपेक्षाअनुसार परिणाम दिन नसकेको उल्लेख गर्दै देशमा निराशा, असन्तुष्टि […] ...

उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना : चार पाइलटको मृत्यु
उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ । वायुसेनाले शनिबार यसको पुष्टि गरेको हो । वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए । दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले आफ्ना सबै एसएफ–२६० विमानको उडान तत्कालका लागि स्थगित गरेको छ ...


