पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ ढोल्ठानमा स्वयंसेवकहरूले श्रमदान गरेर पहिरो प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गरेका छन् । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले ढोल्ठानका रामचन्द्र परियार र रेखा दर्जीको घर बगाएको थियो । घर गुमाएर समस्यामा परेका दुवै परिवारका लागि साहारा समूहका स्वयंसेवकको श्रमदान र स्थानीयवासीको सहयोगमा अस्थायी आवास निर्माण गरिएको हो । साहारा समूहका संयोजक प्रकाश पौडेलले दिवाकर गोल्छा फाउन्डेसनले उपलब्ध गराएको जस्तापाताले छाएर काठ र ढुङ्गामाटोको प्रयोग गरेर दुई वटा घर निर्माण गरेको बताए । घर निर्माणका लागि काठजन्य सामग्री स्थानीयवासीले सहयोग गरेका थिए । समूहका १५ जना युवाले १० दिनसम्म श्रमदान गरेर अस्थायी आवास बनाएका हुन् । विपद्का कारण घरबारविहीन भएका परिवारलाई तत्काल बसोबासको व्यवस्था मिलाउने उद्देश्यले आवास निर्माण गरिएको उनले बताए । त्यसैगरी, बाढीपहिरोबाट प्रभावित अन्य परिवारलाई समेत सहयोग गर्ने उद्देश्यले म्याग्दीको मङ्गला गाउँपालिकामा पनि थप अस्थायी आवास निर्माणको काम अघि बढाइएको संयोजक पौडेलले बताए । असोज दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दीका विभिन्न बस्तीमा बाढीपहिरोले घर, सडक, खानेपानीलगायतका संरचनामा क्षति पुर्याएको छ । विपद्बाट प्रभावित परिवारलाई पुन:स्थापना गर्न स्थानीयवासी, विभिन्न संघसंस्था र सहयोगी निकायले राहत तथा पुनर्निर्माणका काम गरिरहेका छन् ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चार दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार १ देखि ४ गतेसम्म दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुनेछ । कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै राख्न पनि ...

तहसनहस स्याफ्रुबेँसी–रसुवागढी सडक : फेरि चिनियाँ अनुदानकै आस
काठमाडौँ । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका जोड्ने रणनीतिक महत्त्वको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड प्राकृतिक विपद्को चपेटामा परेपछि यसको स्थायी पुनर्निर्माण र स्तरोन्नतिको भविष्यलाई लिएर गम्भीर प्रश्न उब्जिएको छ । चीन... ...

कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
म्याग्दी। प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ। यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो। कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब रु एक करोड लगानी बाढीले बगाएर क्षति पुर्याएको ...

प्राणको आधार अन्न
ढुङ्गेयुग हुँदै कृषि र पशुपालनतर्फ फड्को मारेको मानिसले पारिवारिक तथा सामाजिक जीवन अपनायो । यसै क्रममा खाद्यान्न उत्पादन र सुरक्षाका लागि उसले गँड्यौला तथा मौरी जस्ता प्रकृति र कृष... ...


