चार दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार १ देखि ४ गतेसम्म दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुनेछ । कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले आग्रह गरेकी छन् । “आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,” उनले भनेकी छन् । उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ । रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एसपी अंगुर जिसीले पाए शान्तिपूर्ण पुरस्कार
काठमाडौँ । प्रहरी उपरीक्षक अंगुर जिसीले शान्तिपूर्ण पुरस्कार प्राप्त गरेका छन् । ७१ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई पुरस्कार प्रदान... ...

९ महिनामा गगनले गराए दुई महाधिवेशन, प्रचण्ड–माधव हेरेको हेर्यै
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा विजयी भए । असोज १८ देखि २३ सम्म काठमाडौँमा भएको महाधिवेशनबाट केन्द्रीय पदाधिकारी निर्वाचित हुनेमा थापा पक्षधरकै बाहुल्यता छ... ...

तातोपानी नाका खोल्न चीन अनिच्छुक, रसुवा र कोरला नाका प्राथमिकतामा
काठमाडौं । १० भदौमा आएको भोटेकोशी बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएपछि नेपालले लामो समयदेखि अवरुद्ध सिन्धुपाल्चोकको तातोपानी नाका खोल्न चिनियाँ पक्षसँग आग्रह गर्यो । तर, चीनले तातोपानी खोल्न तत्काल सहमति दिनुको सट्टा रसुवागढीलाई नै मुख्य व्यापारिक नाकाका रूपमा पुनः सञ्चालन गर्न सहयोग गर्ने आश्वासन दियो । विकल्पका रूपमा प्रयोग हुँदै आएको मुस्ताङको कोरला नाका पनि बाढी र पहिरोले अवरुद्ध भएपछि ...

गण्डकी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना निर्वाचित
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा ६ जना निर्वाचित भएका छन्। खुलातर्फ किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। त्यसैगरी, महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ विजयी भएकी छन्। युवातर्फ ३५ वर्षमुनिको समूहमा सुभाष पौडेलले सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सोही उमेर समूहको महिलातर्फ भने डा. कला ...


