Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

Share:WhatsAppFacebookX (Twitter)Telegram
कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी। प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ। यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो। कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब रु एक करोड लगानी बाढीले बगाएर क्षति पुर्‍याएको अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए। “तातोपानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले विगत नौ वर्षदेखि रु एक करोडभन्दा बढी लगानी गरेर तयार पारेको पूर्वाधार ध्वस्त बनाएको छ”, उनले भने, “कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहानसमेत पुरानो कुण्डबाट करिब ३० मिटर तल सरेको छ।” कालीगण्डकीको कटानबाट जोगाउन किनारमा निर्माण गरिएको पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल र शौचालयलगायत पूर्वाधार कालीगण्डकीको बाढीले बगाएको छ। गाउँपालिकाले पछिल्ला केही वर्ष यता प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै आन्तरिक आम्दानीसमेत गर्दै आएको थियो। चालु आर्थिक वर्ष २०८३/८४ का लागि कुण्ड सञ्चालन गर्न रु. चार लाख पाँच हजारमा ठेक्का सम्झौता भएको थियो। स्थानीयवासी दयाराम जिसीका अनुसार गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जन स्थलका रूपमा विकास भएको थियो। “रातोपानीको प्राकृतिक तातोपानी कुण्ड स्नानका लागि आउने पाहुना र पर्यटकका कारण चलायमान हुन थालेको स्थानीय बजार र होटल व्यवसायलाई पनि असर गरेको छ”, उनले भने, “बाढीका कारण भौतिक संरचनामा क्षतिसँगै रोजगारी र आयआर्जनको अवसर पनि गुमेको छ।” बेनी-जोमसोम सडकको छेउमा रहेको यहाँ प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ। मुहानबाट निस्किएको पानीलाई पोखरीमा सङ्कलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०/१० मिटर लम्बाइ र चौडाइ भएको पोखरी बनाइएको थियो। तातोपानी कुण्ड व्यवस्थित भएसँगै मुस्ताङ भ्रमण गरेर फर्किएकाहरुले थकान मेटाउन कुण्डमा स्नान गर्ने गर्दथे। कुण्डमा पर्यटक आगमनसँगै रातोपानी, पोखरेबगर र ठूलोबगरको व्यवसाय प्रवर्द्धनमा टेवा पुगेको थियो। यहाँ चोटपटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित बिरामी तातोपानीमा डुबुल्की मारेर स्नान गर्न आउने गर्दथे। कुण्ड स्वास्थ्य पर्यटन र उपचारका लागि निकै चर्चित थियो। पुनःयही स्थानमा तातोपानी कुण्ड पुनर्निमाण गर्न कठिन हुनेगरी बाढीले बगाएका कारण तातोपानीको मुहानबाट पानी लगेर अन्यत्र स्थानमा स्नानस्थल निर्माण गर्ने विकल्पकाबारेमा छलफल थालिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

एसपी अंगुर जिसीले पाए शान्तिपूर्ण पुरस्कार
ताजा खबरJust now

एसपी अंगुर जिसीले पाए शान्तिपूर्ण पुरस्कार

काठमाडौँ । प्रहरी उपरीक्षक अंगुर जिसीले शान्तिपूर्ण पुरस्कार प्राप्त गरेका छन् । ७१ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई पुरस्कार प्रदान... ...

रातोपाटी
९ महिनामा गगनले गराए दुई महाधिवेशन, प्रचण्ड–माधव हेरेको हेर्‍यै
ताजा खबरJust now

९ महिनामा गगनले गराए दुई महाधिवेशन, प्रचण्ड–माधव हेरेको हेर्‍यै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा विजयी भए । असोज १८ देखि २३ सम्म काठमाडौँमा भएको महाधिवेशनबाट केन्द्रीय पदाधिकारी निर्वाचित हुनेमा थापा पक्षधरकै बाहुल्यता छ... ...

रातोपाटी
तातोपानी नाका खोल्न चीन अनिच्छुक, रसुवा र कोरला नाका प्राथमिकतामा
ताजा खबरJust now

तातोपानी नाका खोल्न चीन अनिच्छुक, रसुवा र कोरला नाका प्राथमिकतामा

काठमाडौं । १० भदौमा आएको भोटेकोशी बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएपछि नेपालले लामो समयदेखि अवरुद्ध सिन्धुपाल्चोकको तातोपानी नाका खोल्न चिनियाँ पक्षसँग आग्रह गर्‍यो । तर, चीनले तातोपानी खोल्न तत्काल सहमति दिनुको सट्टा रसुवागढीलाई नै मुख्य व्यापारिक नाकाका रूपमा पुनः सञ्चालन गर्न सहयोग गर्ने आश्वासन दियो । विकल्पका रूपमा प्रयोग हुँदै आएको मुस्ताङको कोरला नाका पनि बाढी र पहिरोले अवरुद्ध भएपछि ...

केन्द्रबिन्दु
गण्डकी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना निर्वाचित
ताजा खबरJust now

गण्डकी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा ६ जना निर्वाचित भएका छन्। खुलातर्फ किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। त्यसैगरी, महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ विजयी भएकी छन्। युवातर्फ ३५ वर्षमुनिको समूहमा सुभाष पौडेलले सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सोही उमेर समूहको महिलातर्फ भने डा. कला ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play