Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पर्यटन पूर्वाधारमा आइएमईको लगानी विस्तार, सातै प्रदेशमा होटल र केवलकार बनाउने योजना

पर्यटन पूर्वाधारमा आइएमईको लगानी विस्तार, सातै प्रदेशमा होटल र केवलकार बनाउने योजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटन पूर्वाधारमा आइएमईको लगानी विस्तार, सातै प्रदेशमा होटल र केवलकार बनाउने योजना

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। अन्तरराष्ट्रिय ब्रान्डमा नेपालमा चलेका अन्य होटलको आधा शुल्कमा सोहीस्तरको सेवा उपलब्ध गराउँदै आएको आइएमई हस्पिटालिटीले जनाएको छ। हस्पिटालिटीले नवलपुरको गैँडाकोटमा ६५ कोठाको इला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको इला कम्फर्ट र बागलुङ बजारमा ३० कोठाको इला कम्फर्ट सञ्चालन गरिरहेको छ। कैलालीमा सुरुमा २० कोठा र पछि ६५ कोठा थप गर्ने गरी इला लज सञ्चालनमा आउँदैछ भने पाल्पाको वसन्तपुरमा १२० कोठाको इला रिसोर्ट सञ्चालनमा ल्याइँदैछ। पोखरामा ३५ कोठाको ‘द लेक साइड रिट्रिट’ सञ्चालनमा छ भने काठमाडौँको लाजिम्पाटमा एक सय कोठाको इला होटल सञ्चालनमा आउने तयारीमा छ। आइएमई समूहको चन्द्रागिरि हिल्स रिसोर्ट भने १२० कोठासहित लामो समयदेखि सञ्चालनमै रहेको छ। नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा कामको अनुभव लिएका ३० प्रतिशतभन्दा बढी कर्मचारी आफूहरूसँग रहेको जानकारी दिए। उनले ‘अन्तरराष्ट्रियस्तरको सेवा हामी सर्वसुलभ रूपमा दिएका छौँ’ भन्दै नेपालमा अन्तरराष्ट्रिय ब्रान्डले लिने शुल्कभन्दा आधा मूल्यमा सोभन्दा राम्रो सेवा दिएको बताए। हस्पिटालिटीले आफ्नै प्राविधिक तालिम केन्द्र ‘काठमाडौँ टेक्निकल स्कुल’ सञ्चालन गरेर तालिमप्राप्त कुक, वेटर र हाउसकिपिङ उत्पादन गर्दै आएको छ। अध्यक्ष ढकालले ‘दक्ष जनशक्तिकै कारण हाम्रा होटलहरू अन्तरराष्ट्रियस्तरका अन्य ब्रान्डसँग प्रतिस्पर्धी बन्न सकेका छन्’ भन्दै उच्च गुणस्तर र कम शुल्कमा सेवा दिन सकिएको बताए। अधिकांश होटलहरू प्रमुख पर्यटकीय गन्तव्यहरूमा रहेका छन्। सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरका पर्यटकीय पूर्वाधार तथा चेन होटल विकास गर्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि हालको भन्दा दोब्बर बनाउन सकिने सोचका साथ केवलकारसँगै होटलहरू सञ्चालन गर्न थालिएको उनले जानकारी दिए। चन्द्रागिरिमा केवलकार, रिसोर्ट, थिमपार्क तथा मन्दिरलगायतका पूर्वाधार निर्माणबाट प्राप्त अनुभवले सातै प्रदेशमा यस्ता परियोजना विस्तार गर्न प्रेरित गरेको बताउँदै उनले ‘चन्द्रागिरिजस्तै पर्यटकीय पूर्वाधार कम्तीमा सातै प्रदेशमा बनाउन सकियो भने नेपाल आउने पर्यटकको बसाइ अवधि ठ्याक्कै दोब्बर बनाउन सकिन्छ भन्ने हाम्रो सोचाइ हो’ भने। अध्यक्ष ढकालले नेपालमै अन्तरराष्ट्रियस्तरको आतिथ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘इला’ ब्रान्ड सञ्चालनमा ल्याइएको स्पष्ट पार्दै ‘हामी आफ्नै ब्रान्ड किन नबनाउने ? यत्रो नेटवर्क र सबै कुरा छ भने आफ्नै होटलको सञ्जाल किन नबनाउने भन्ने हिसाबले इला सञ्चालनमा ल्याएका हौँ’ भनी उल्लेख गरे। उनले व्यवसाय विस्तार गर्दा सरकारको प्राथमिकता, आम सर्वसाधारणको चाहना र व्यावसायिक दिगोपनलाई मुख्य आधार बनाइएको बताए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकालले निजी क्षेत्रको पुँजी परिचालनबाट मुलुकभित्रै ठूला पर्यटकीय परियोजना सञ्चालन गर्न सकिने र यसले रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। यही समूहका चन्द्रागिरि, मौलाकालिका र लुम्बिनी केवलकार सञ्चालनमा आइसकेका छन् भने आगामी केही समयभित्रै कैलालीको चिसापानीमा जालपादेवी केवलकार सञ्चालनमा आउँदैछ। पाथीभरामा ६० प्रतिशत काम सकिएको छ भने देवघाटबाट मौलाकालिका जोड्ने गरी अर्को केवलकार निर्माण गरिँदैछ र कास्कीको सिक्लेसमा केवलकारको प्रक्रिया अगाडि बढाइएको छ। साथै, कर्णालीको रारामा होटल सञ्चालन गर्ने तयारी गरिएको छ भने मधेस प्रदेशभित्र पर्यटकीय पूर्वाधार निर्माणका लागि अध्ययन भइरहेको छ। इला हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले होटलले दक्ष कर्मचारी, आधुनिक सुविधा र उच्च गुणस्तरीय सेवामार्फत अन्तरराष्ट्रिय चेन होटलको तुलनामा करिब ५० प्रतिशत कम शुल्कमा सेवा उपलब्ध गराھइरहेको जानकारी दिए। उनले विदेशमा हासिल गरेको ज्ञान र सीपलाई उपयोग गरेर फर्किएका र आफैँले तयार गरेका जनशक्तिले सेवा दिइरहेको बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

जुम्लामा बम विस्फोट, दुई जना घाइते, एकको अवस्था गम्भीर
ताजा खबरJust now

जुम्लामा बम विस्फोट, दुई जना घाइते, एकको अवस्था गम्भीर

नौरते नेपाली‎सिँजा (जुम्ला), कात्तिक ३ गते । ‎जुम्लाको हिमा गाउँपालिका –२ ओदीमा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार बिहान बम विस्फोट हुँदा हिमा गाउँपालिका–२... ...

गोरखापत्र
भाकल पूरा गर्न बुढासुब्बामा भीड
ताजा खबरJust now

भाकल पूरा गर्न बुढासुब्बामा भीड

सुनसरी।धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ। बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भीड लागेको हो। मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार यहाँ मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ। भक्तजनले सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वासका ...

नेपालन्युज
निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व, गतवर्ष मात्र २१ करोड ६९ लाख संकलन
ताजा खबरJust now

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व, गतवर्ष मात्र २१ करोड ६९ लाख संकलन

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आवमा रु २१ करोड ६९ लाख ९७ हजार ...

अर्थ सरोकार
कांग्रेसको विभाजन यात्रा : २००९ देखि ०८२ सालसम्म
ताजा खबरJust now

कांग्रेसको विभाजन यात्रा : २००९ देखि ०८२ सालसम्म

काठमाडौँ । नेपाली कांग्रेसमा समानान्तर महाधिवेशन भइरहेका छन् । संस्थापनले महाधिवेशन सम्पन्न गरिसकेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी तल्लो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play