निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व, गतवर्ष मात्र २१ करोड ६९ लाख संकलन

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आवमा रु २१ करोड ६९ लाख ९७ हजार ५०० सङ्कलन भएको थियो । उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका १८ सय ५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० डलर र एकदिन भ्रमण गरेका २५ सय ६९ पर्यटकबाट प्रतिव्यक्ति ५० डलर सङ्कलन भएको आयोजनाका प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो । त्यस्तै सात दिनको भ्रमण अनुमति लिएर मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका १३ सय ३८ जना पर्यटकबाट प्रतिव्यक्ति सय डलरका दरले प्रवेश शुल्क उठेको हो । निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने गरेको छ । अध्यागमन कार्यालयमार्फत उठ्ने निषेधित क्षेत्रको प्रवेश शुल्क सङ्घ सरकारको राजस्वमा जाने गरेको आयोजना प्रमुख डा. कडरियाले बताए । निषेधित क्षेत्रको भ्रमण गरेका विदेशी पर्यटकबाट प्रवेश शुल्कबापत आव २०८१÷०८२ मा रु ३० करोड १७ लाख ५२ हजार, आव २०८०÷०८१ मा २३ करोड ८९ लाख ६६ हजार राजस्व सङ्कल भएको थियो । सरकारले तिब्बतसँग नाका जोडिएका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि जाने गरेका छन् । निषेधित क्षेत्रबाहेक अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गरेका विदेशी पर्यटकबाट गत आवमा रु ६७ करोड ७५ लाख ९० हजार ९८६ राजस्व सङ्कलन भएको आयोजना प्रमुख डा कडरियाले जानकारी दिएका छन् । आयोजना कार्यालयले दक्षिण एसियाली मुलुकका पर्यटकबाट रु एक हजार र अन्य मुलुकका पर्यटकबाट रु तीन हजार (भ्याटसहित) प्रवेश शुल्क लिने गरेको छ । गत आवमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएपछि प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको हो । गत आवमा दक्षिण एसियाली मुुलुकका तीन लाख ८४ हजार १४५ र अन्य मुलुकका एक लाख २४ हजार ३३१ रहेका छन् गरी कूल पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । तीमध्ये सबैभन्दा बढी तीन लाख ७५ हजार ७९७ भारतीय पर्यटक थिए । पर्यटक सङ्ख्यासँगै पर्यटक शुल्कबाट उठ्ने रकम पनि गत आवमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्कलन भएको हो । आव २०८१÷०८२ मा पर्यटकको प्रवेश शुल्कबापत जम्मा रु ४६ करोड ४८ लाख ८१ हजार ४८४ सङ्कलन भएको थियो । आव २०८०÷०८१ मा रु ३८ करोड ९४ लाख ६१ हजार ४८३ पर्यटक शुल्क उठेको थियो । पर्यटक शुल्कलगायतबाट हुने आम्दानी संरक्षण गतिविधि र पर्यटन प्रवद्र्धनका कार्यक्रममा खर्च हुने गरेको आयोजना कार्यालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on अर्थ सरोकार
Related News

ड्रोनबाट राहत वितरण
काठमाडौं।बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दशैंका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट ...

रहस्यमय ‘सारथी’को टिजर : यस्तो अवस्थामा देखिइन् निरुता सिंह
फिल्म ‘सारथी’को टिजर सार्वजनिक भएको छ। निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर कात्तिक २ मा फिल्मको टिजर सार्वजनिक गरिएको हो। जसमा काउब्वाय ह्याट, हातमा लालटिन र रहस्यमय हाउभाउमा छन्। जंगलको अँध्यारो बाटोमा हिँडिरहेका डेब्यु अभिनेता गिरि विश्वकर्मा र अभिनेत्री निरुता सिंहबिचको सम्बन्ध के हो? गिरिले निरुतालाई ‘आमा’ भनेर सम्बोध... ...
![सवारीसाधन पूजा [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/sabari-puja-83-7-3%20(5).jpg)
सवारीसाधन पूजा [तस्बिरहरू]
यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ। ...

दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?
काठमाडौं। दसैँको समयमा नेपाली भान्सामा मासुका विभिन्न परिकार पाक्ने गर्छन्। मासु प्रोटिन, खनिज तत्व, भिटामिन बी, जिंक र पोटासियमको राम्रो स्रोत भए पनि यसको अत्यधिक र असन्तुलित उपभोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। पोषणविद् रुजु खड्काका अनुसार मासुलाई सही ढंगले नपकाउँदा र धेरै खाँदा पाचन प्रणालीमा समस्या, टाउको दुख्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने जस्ता समस्या देखिन सक्छन्। लामो समयसम्म ...


