Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पत्रकारलाई सामुहिक गिरफ्तारी गर्न माग गर्दै पत्रकार महासंघको प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकारलाई सामुहिक गिरफ्तारी गर्न माग गर्दै पत्रकार महासंघको प्रदर्शन
Photo / Coverage: पर्दाफास

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यसमितिको सर्कुलरअनुसार देशव्यापी आन्दोलनअन्तर्गत बुधवार जनकपुरधाममा पत्रकारहरूले सामुहिक गिरफ्तारीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर विरोध जनाएका थिए । महासंघ धनुषाका अध्यक्ष पूरन साहले पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेका हस्तक्षेप र धरपकडविरुद्ध आन्दोलनको अन्तिम चरणका रूपमा सामुहिक गिरफ्तारीको कार्यक्रम गरिएको बताए । उनले सञ्चारमाध्यमका कार्यालयअगाडि अप्रत्याशित रूपमा गाडी तेस्र्याउने, सञ्चारगृहभित्र प्रवेश गरी धरपकड गर्ने तथा पत्रकारलाई गिरफ्तार गर्ने जस्ता गतिविधि भइरहेको आरोप लगाए । सञ्चारगृहमाथि सरकारले आर्थिक नाकाबन्दी लगाएको भन्दै उहाँले यस्ता गतिविधिविरुद्ध महासंघले महिनौँदेखि आन्दोलन गर्दै आएको बताए । अध्यक्ष साहले आजको प्रदर्शनपछि पनि सरकार र सम्बन्धित निकायले माग सम्बोधन गर्न चासो नदेखाए महासंघले थप कठोर आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए । ‘हामीलाई गिरफ्तार गर, नभए हाम्रा माग पूरा गर’ भन्ने सन्देश दिन सामूहिक गिरफ्तारीको कार्यक्रम गरिएको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दानबहादुर कार्कीको रिटमाथि दुवै पक्षको बहस सकियो
OthersJust now

दानबहादुर कार्कीको रिटमाथि दुवै पक्षको बहस सकियो

९ मंसिर, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षकबाट गैरकानूनी रुपमा हटाइएको दाबीसहित दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार दुवै पक्षको छलफल सकिएको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा रिट निवेदक कार्कीका कानून व्यवसायी, महान्यायाधीवक्ता सहित सरकारी वकिलहरु अनि नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका कानून व्यवसायीहरुले बहस गरेका हुन् । बहस सकिएपछि… ...

अनलाइन खबर
देउवा पक्षले १५औँ महाधिवेशनका समिति गठन गर्ने जिम्मा शशांक कोइरालालाई दियो
OthersJust now

देउवा पक्षले १५औँ महाधिवेशनका समिति गठन गर्ने जिम्मा शशांक कोइरालालाई दियो

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालालाई दिएको छ । आज चुनदेवीमा बसेको देउवा पक्षीय नेताहरूको बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समितिहरू गठन गर्ने सम्पूर्ण जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको नेता जीतजंग बस्नेतले जानकारी दिए । उनले भने, ‘ लगभग १५–२० वटा समिति छन् । ती समितिहरू ...

पर्दाफास
दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा रोकियो
OthersJust now

दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा रोकियो

९ मंसिर, सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बुधबार भएको खेलमा दुई गोलको अग्रता बनाएको बागमतीले अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्‍यो। बागमतीका एलिक श्रेष्ठले खेलको ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। तर कोशीले… ...

अनलाइन खबर
‘दिलरुबा दिलनशीन’ किन यति धेरै रुचाइयो ? को हुन् यसका गायक रीतो रिबा ?
OthersJust now

‘दिलरुबा दिलनशीन’ किन यति धेरै रुचाइयो ? को हुन् यसका गायक रीतो रिबा ?

काबिल–ए–तारीफ तू, अप्सराओं जैसी हूबहू तपाईंले कहीँ न कहीँ, धेरै वा थोरै यो गीत त सुन्नुभएकै छ होला, ‘दिलरुबा दिलनशीन’ । टिकटकतिर जानुहोस् वा इन्स्टाग्राम रिल्समा फन्को मार्नुहोस्, यो गीत नसुनी सुखै छैन । आखिर यो गीत किन यतिविधि रुचाइयो ? किन जताततै छायो ? प्रश्न यतिमा मात्र सीमित छैन । यो गीतका गायक तथा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement