Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

आनी छोइङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलायो

Share:WhatsAppFacebookX (Twitter)Telegram
आनी छोइङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलायो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। सर्वोच्च अदालतले आगामी सोमबार (१४ मंसिर) दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हो। प्रारम्भिक सुनुवाइपछि दुवै पक्षबीच छलफल गरेर मात्रै अन्तरिम आदेशबारे निष्कर्षमा पुग्नु उपयुक्त हुने ठहर गर्दै अदालतले यस्तो आदेश गरेको हो। न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश दिएको हो। सफलता बोगटी लगायतले डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णय गैरकानुनी रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। नागरिकतासम्बन्धी विवादमा रहेकी र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेको व्यक्तिलाई सरकारले महत्वपूर्ण जिम्मेवारीमा नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदर गर्न मागसहित रिट निवेदन परेको हो। अब सोमबार हुने दुवै पक्षबीचको छलफलपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय खेलकुद: सुदूरपश्चिम बास्केटबलको क्वार्टरफाइनलमा
Latest NewsJust now

राष्ट्रिय खेलकुद: सुदूरपश्चिम बास्केटबलको क्वार्टरफाइनलमा

सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा समूह विजेता रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ। तीन टोली रहेको समूह ‘बी’ को दोस्रो खेलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि सहज जित निकालेको छ। सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको कोर्टमा सुदूरपश्चिमले मधेशाई ४७-३ को फराकिलो अन्तरले हराएको हो।  सुदूरपश्चिमक... ...

नेपालखबर
स्थानीय तहको राजस्व वृद्वि र सार्वजनिक सेवा प्रवाहले सङ्घीयताको सबलीकरण हुुने
Latest NewsJust now

स्थानीय तहको राजस्व वृद्वि र सार्वजनिक सेवा प्रवाहले सङ्घीयताको सबलीकरण हुुने

काठमाडौँ, मङ्सिर ९ गते । सङ्घीय शासन प्रणालीलाई सुुदृढ र प्रभावरी कार्यान्वयन गर्न स्थानीय तहको राजस्व वृद्धि र सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्वि गर्नुुपर्ने आवश्यकता... ...

गोरखापत्र
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबै विधाको समस्या सम्बोधन गर्न मन्त्री मेहताको जोड
Latest NewsJust now

आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबै विधाको समस्या सम्बोधन गर्न मन्त्री मेहताको जोड

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी सबै विधाको पहिचान, प्रतिनिधित्व र पेसागत सम्मान सुनिश्चित हुने गरी आयुर्वेद परिषद् ऐन संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा... ...

रातोपाटी
कांग्रेसमा ११ महिला केन्द्रीय सदस्य मनोनीत, सुजाता कोइरालासहित को-को परे सूचीमा ?
Latest NewsJust now

कांग्रेसमा ११ महिला केन्द्रीय सदस्य मनोनीत, सुजाता कोइरालासहित को-को परे सूचीमा ?

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिमा एकतिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न ११ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकले ११ जना महिला नेतृलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । पार्टीको महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय केन्द्रीय कार्यसमितिमा एकतिहाइ महिला प्रतिनिधित्व पुर्‍याउन ११ जना महिला सदस्य अपुग भएपछि मनोनयन […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement