Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

देउवा पक्षले १५औँ महाधिवेशनका समिति गठन गर्ने जिम्मा शशांक कोइरालालाई दियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा पक्षले १५औँ महाधिवेशनका समिति गठन गर्ने जिम्मा शशांक कोइरालालाई दियो
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालालाई दिएको छ । आज चुनदेवीमा बसेको देउवा पक्षीय नेताहरूको बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समितिहरू गठन गर्ने सम्पूर्ण जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको नेता जीतजंग बस्नेतले जानकारी दिए । उनले भने, ‘ लगभग १५–२० वटा समिति छन् । ती समितिहरू गठन गर्नको लागि जिम्मा हामीले १५औँ महाधिवेशनका संयोजक डा. शशाङ्क कोइरालालाई दिएका छौँ । अब उहाँले भोलिसम्म संयोजकहरू निर्णय गर्नुहुन्छ, अनि त्यसपछि संयोजकहरू आएपछि आफ्नो कमिटीमा सदस्यहरू राखेर यो महाधिवेशनको सम्पूर्ण कामहरू थालनी गर्नुहुन्छ ।’ बस्नेतका अनुसार कोइरालाले भोलिसम्म विभिन्न समितिका संयोजकहरू चयन गर्नेछन् । त्यसपछि सम्बन्धित संयोजकहरूले आफ्नो समितिमा सदस्यहरू मनोनयन गरी महाधिवेशनको तयारीसम्बन्धी काम अघि बढाउनेछन् । महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन समिति, स्वयंसेवक समिति, मञ्च व्यवस्थापन समितिलगायत करिब १५ देखि २० वटा समिति गठन गरिने बस्नेतले बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले आफूहरू नै नेपाली कांग्रेसको आधिकारिक पक्ष भएको दाबी गरे । उनले पार्टीको विधान, संविधान, निर्वाचन आयोगका पूर्वनिर्णय, सर्वोच्च अदालतका नजिर तथा पार्टीको परम्पराका आधारमा आधिकारिकता आफूहरूले पाउने विश्वास व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पत्रकारलाई सामुहिक गिरफ्तारी गर्न माग गर्दै पत्रकार महासंघको प्रदर्शन
OthersJust now

पत्रकारलाई सामुहिक गिरफ्तारी गर्न माग गर्दै पत्रकार महासंघको प्रदर्शन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यसमितिको सर्कुलरअनुसार देशव्यापी आन्दोलनअन्तर्गत बुधवार जनकपुरधाममा पत्रकारहरूले सामुहिक गिरफ्तारीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर विरोध ...

पर्दाफास
दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा रोकियो
OthersJust now

दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा रोकियो

९ मंसिर, सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बुधबार भएको खेलमा दुई गोलको अग्रता बनाएको बागमतीले अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्‍यो। बागमतीका एलिक श्रेष्ठले खेलको ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। तर कोशीले… ...

अनलाइन खबर
‘दिलरुबा दिलनशीन’ किन यति धेरै रुचाइयो ? को हुन् यसका गायक रीतो रिबा ?
OthersJust now

‘दिलरुबा दिलनशीन’ किन यति धेरै रुचाइयो ? को हुन् यसका गायक रीतो रिबा ?

काबिल–ए–तारीफ तू, अप्सराओं जैसी हूबहू तपाईंले कहीँ न कहीँ, धेरै वा थोरै यो गीत त सुन्नुभएकै छ होला, ‘दिलरुबा दिलनशीन’ । टिकटकतिर जानुहोस् वा इन्स्टाग्राम रिल्समा फन्को मार्नुहोस्, यो गीत नसुनी सुखै छैन । आखिर यो गीत किन यतिविधि रुचाइयो ? किन जताततै छायो ? प्रश्न यतिमा मात्र सीमित छैन । यो गीतका गायक तथा… ...

अनलाइन खबर
हिमताल जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना
OthersJust now

हिमताल जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना

९ मंसिर, काठमाडौं । सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिव्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्युनिकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement