पत्रकार तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन, पक्राउमा आफ्नो संलग्नता नरहेको सचिवालयको स्पष्टोक्ति

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाबारे जानकारी पाएलगत्तै उनीहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी हुन्। दाहालले पत्रकार पक्राउ गर्ने विषयमा प्रधानमन्त्री तथा उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको उल्लेख गरेकी छन्। घटना सार्वजनिक भएपछि मात्रै प्रधानमन्त्रीले त्यसबारे जानकारी पाएको उनको भनाइ छ। ‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ,’ दाहालले लेखेकी छन्। उनले घटनाबारे जानकारी पाएपछि प्रधानमन्त्रीले सम्बन्धित निकायलाई तत्काल निर्देशन दिएको पनि जनाएकी छन्। ‘उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ,’ उनको भनाइ छ। शुक्रबार प्रहरीले विभिन्न सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी गरेको घटना सार्वजनिक भएपछि प्रेस स्वतन्त्रताका विषयमा प्रश्न उठेका छन्। नेपाल पत्रकार महासंघले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ। पत्रकार पक्राउको घटनाप्रति सार्वजनिक रूपमा चासो र आपत्ति व्यक्त भइरहेका बेला प्रधानमन्त्रीको सचिवालयबाट यस्तो स्पष्टोक्ति आएको हो।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धकसहित आठ जना पक्राउ
संस्थानलाई आर्थिक हानि पुर्याएर १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । ...

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई रु १२ करोडभन्दा बढी आर्थिक हानी पुर्याइ गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी०ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा सङ्लग्न रहेको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा झासहित जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर ...

स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुँदैन : कांग्रेस सहमहामन्त्री शिवाकोटी
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललगायत पत्रकारलाई पक्राउ गर्ने र नयाँ पत्रिका, दियोपोस्टलगायत सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी धरपकड गर्ने सरकारको कदमप्रति आपत्ति जनाएका छन् । उनले लोकतन्त्रमा सरकार तथा राज्यका निकायमाथि प्रश्न ...



