न्याय क्षेत्रका विवाद संसद्मा उठाउने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्याय क्षेत्रमा देखिएका विकृति, विसंगति तथा न्यायाधीशहरूसँग जोडिएर सार्वजनिक भइरहेका विवादलाई संसद्मा उठाउने तयारी गरेको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकमा न्याय क्षेत्रका समस्यालाई अदालत र सरकारको तहमा मात्रै सीमित नराखी संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने विषयमा छलफल भएको हो। बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले न्याय क्षेत्रसँग सम्बन्धित विवाद र सुधारका विषयमा संसदीय दलमार्फत सांसदहरूलाई आवश्यक निर्देशन दिएर अघि बढ्नेबारे छलफल भएको जानकारी दिए। उनका अनुसार न्याय क्षेत्रका विवादलाई संस्थागत रूपमा सम्बोधन गर्ने र आवश्यक सुधारका विषयलाई संसदीय छलफलमा लैजानेबारे बैठकमा धारणा राखिएको थियो।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

भारतमा १२ वर्षमा ४९ करोड ६० लाख मानिस गरिबीबाट बाहिरिएको विश्व बैंकको दाबी
भारतमा पछिल्लो १२ वर्षमा गरिबीको दर उल्लेख्य रूपमा घटेको विश्व बैंकले जनाएको छ। विश्व बैंकले अक्टोबर २०२६ मा सार्वजनिक गरेको ‘पोभर्टी एन्ड इक्विटी ब्रिफ’ प्रतिवेदनअनुसार सन् २०११ देखि २०२३ सम्म भारतका ४९ करोड ६० लाख मानिस प्रतिदिन ४.२० अमेरिकी डलरको न्यून मध्यम आयस्तरको गरिबीको रेखाभन्दा माथि उक्लिएका छन्। प्रतिवेदनअनुसार यस अवधिमा भारतको गरिबी दर ५७.७ प्रतिशतबाट घटेर १६.१ प्रतिशतमा झरेको छ। ...

लोकसेवा तयारी २८ औँ श्रृङ्खला : कार्यसम्पादन प्रोत्साहनसम्बन्धी प्रश्नोत्तर
काठमाडौँ, कात्तिक १४ गते । गोरखापत्रको लोकसेवा तयारी विशेष कार्यक्रमको २८ औँ श्रृङ्खलामा कार्यसम्पादन प्रोत्साहन प्रणालीसम्बन्धी विषयगत प्रश्नोत्तर समावेश छन् । गोरखापत्र अनलाइनका... ...

सुदूरपश्चिम र विराटनगरबीचको खेलमा अन्योल, सुदूरपश्चिमका खेलाडीले मैदान छाडे
१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुन सकेको छैन । वर्षाले प्रभावित खेल अम्पायरले ५–५ ओभरको खेलाउने निर्णय गरेका थिए । जसअनुसार साँझ ७:२५ का लागि टस र ७:४१ मा खेल सुरु हुने निर्णय भनिएको थियो । तर, सुदूरपश्चिम रोयल्सले असहमति जनाएको छ । सुदूरपश्चिम रोयल्सका… ...

अनशनको तेस्रो दिनमा अस्पताल भर्ना भए डा. गोविन्द केसी
इलाममा २५औं सत्याग्रहमा बसेका उनी केहीबेर अघि इलाम अस्पतालमा भर्ना भएका हुन् । आज उनले अनशन थालेको तेस्रो दिन हो । ...


