Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले रु आठ अर्ब ५९ करोड मूल्य बराबरको खोप सहायता प्राप्त गर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वको पहल र सम्वादका आधारमा नेपाललाई गाभीबाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म रु आठ अर्ब ५९ करोड १९ लाख ६८ हजार बराबरको सहायता प्राप्त गर्ने भएको हो । यसैगरी, गाभीबाट नेपालको नियमित खोप कार्यक्रमका लागि प्रदान गरिँदै आएको सहायता रकमको आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी उल्लेख गरिएको तीन लाख आठ हजार २७१ अमेरिकी डलर मिनाहा भएको छ । विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनी देखाइएको रकम मिनाहा हुनु नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउने दिशामा महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको मन्त्रिको सचिवालयले जनाएको छ । मन्त्री मेहताको पहल तथा गाभीसँगको संवादबाट सहायता रकमसम्बन्धी विषयमा सहजीकरण र तिर्न पर्ने भनि उल्लेख भएको रकम मिनाहा प्राप्त हुनुले राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित राख्दै आएको छ । नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तरराष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्त्वपूर्ण रहँदै आएको मन्त्रालयको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पोखरा एभेन्जर्सले गुमायो सातौँ विकेट, किरण ठगुन्ना १ रनमा आउट
ताजा खबरJust now

पोखरा एभेन्जर्सले गुमायो सातौँ विकेट, किरण ठगुन्ना १ रनमा आउट

काठमाडौँ। पोखरा एभेन्जर्सले सात विकेट गुमाएको छ । पोखराका किरण ठगुन्ना १ रन बनाएर आउट भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र... ...

रातोपाटी
कामना सेवा फुटसल कप सिजन ६ को तयारी पूरा: ट्रफी, जर्सी र ब्रान्ड एन्थम सार्वजनिक
ताजा खबरJust now

कामना सेवा फुटसल कप सिजन ६ को तयारी पूरा: ट्रफी, जर्सी र ब्रान्ड एन्थम सार्वजनिक

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको ‘कामना सेवा फुटसल कप सिजन ६’ को टाइ–सिट ड्र, जर्सी तथा ट्रफी अनावरण र प्रतियोगिताको ब्रान्ड एन्थम सार्वजनिक गरेको छ। बैंकले आयोजना गरेको कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति थियो। कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले फुटसल कप बैंकका लागि प्रतियोगितामा मात्र सीमित नभई खेलकुदमार्फत समाज ...

अनलाइनपाना
‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड
ताजा खबरJust now

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ। ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौैँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ । फ्रान्समा मासिक र वार्षिक रूपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ ले सो अवार्ड जित्न सफल भएको हो । फ्रान्सको क्यान्समा आयोजना हुने यस फिल्म फेस्टिभललाई ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भन्ने गरिन्छ । अवार्ड प्राप्त गरेपछि ‘गौँथली’ ...

नेपालन्युज
सरकारी वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य गर्न साइबर सुरक्षा केन्द्रको निर्देशन
ताजा खबरJust now

सरकारी वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य गर्न साइबर सुरक्षा केन्द्रको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी निकायका आधिकारिक वेबसाइटहरू सुरक्षित बनाउन वैध एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य रूपमा लागू गर्न निर्देशन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play