‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ। ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौैँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ । फ्रान्समा मासिक र वार्षिक रूपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ ले सो अवार्ड जित्न सफल भएको हो । फ्रान्सको क्यान्समा आयोजना हुने यस फिल्म फेस्टिभललाई ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भन्ने गरिन्छ । अवार्ड प्राप्त गरेपछि ‘गौँथली’ का निर्देशक डा. कपिल रिजालले ‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभएर यो भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको एउटा सुन्दर यात्रा भएको बताए । पच्चीस वर्षअघि आफ्ना बुबा डा.भोला रिजालले निर्माण गरेकाे गीति चलचित्र ‘गौँथली’ को भाव, माया र विरासतलाई आत्मसात् गर्दै आफूले नयाँ पुस्तासम्म नयाँ ढङ्गले पुर्याउने एउटा सानो प्रयास मात्र गरेको उनको भनाइ छ । चलचित्रका निर्माता सुमन गिरीले नेपाली फिल्मको गौरवमय इतिहास बनाएको बताउँदै यो नेपाली चलचित्र र नेपाली माटोको जित भएकाे बताएका छन्। प्रदर्शनको सय दिन मनाइसकेको यस सिनेमाले २६ करोड माथिको व्यापार गरी यो नेपाली सिनेमा उद्योगको सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनिसकेको दाबी गरिएको छ । ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![कोप-३१ को तयारी तीव्र, जलवायु सम्मेलनबाट सुझाव संकलन गरिने [भिडियो]](https://hamrakura.com/uploads/news/images/gita-chaudhary-11-07.jpg)
कोप-३१ को तयारी तीव्र, जलवायु सम्मेलनबाट सुझाव संकलन गरिने [भिडियो]
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ...

एनपीएलमा पोखराविरुद्ध सुदूरपश्चिमको सहज जित
सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई सहजै ६ विकेटले हराएको हो । ...

पोखरालाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ । बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित... ...

कप्तान ऐरीको अर्धशतकमा पोखरामाथि सुदूरपश्चिमको सहज जीत
कप्तान दिपेन्द्र सिंह ऐरी र इसान पाण्डेको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको छ। जारी एनपीएलकै सबैभन्दा बढी रनको साझेदारी गर्दै धरापमा पर्न लागेको सुदूरपश्चिमलाई इसानसँग बलियो साझेदारी गर्दै कप्तान ऐरीले जीतको बाटो देखाए। दिपेन्द्र र इसानले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे। बंगलादेशी अलराउन्डर मेहदी हसन... ...


