नेपाल–भारत सीमा सुरक्षा बैठक सुरु, के–के विषयमा हुँदैछ छलफल?

सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को बिचमा सीमा सुरक्षा तथा व्यवस्थापन सम्बन्धी द्विपक्षीय बैठक काठमाडौँमा सुरु भएको छ । बुधबारदेखि सुरु भएको बैठक कात्तिक १३ सम्म चल्नेछ । बैठकमा सहभागी हुन एसएसबीका महानिर्देशक संजय सिंघल आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेर काठमाडौँ आएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक नारायदत्त पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबिच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आयो यो १०औँ द्विपक्षीय समन्वय बैठक हो । नेपालको तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधिहरूको सहभागिता रहेको छ । भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपाल स्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च पदस्थ अधिकृतहरूको सहभागिता रहेको छ । बैठकमा सीमाको सुरक्षा, सिमानामा हुने अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रण र अवैध हातहतियार नियन्त्रणबारे भएका प्रयासको समीक्षा गरिने सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) नेत्रबहादुर कार्कीले जानकारी दिए । द्विपक्षीय बैठकको क्रममा सीमा व्यवस्थापन संयन्त्रले गरेको मार्गदर्शनको आधारमा दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भहरूको संरक्षण, मर्मत सम्भार तथा निर्माण, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणबारे छलफल हुनेछ । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउन र सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारतबिच आपसी सम्बन्ध तथा सहकार्य बढाउनेबारे पनि छलफल हुनेछ । नेपाल–भारत खुला सिमानाको प्रयोग गरी हुन सक्ने तेस्रो मुलुकका नागरिकहरूको अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने, सीमा व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र आधुनिक बनाउनका लागि उपयुक्त प्रविधिको प्रयोग गर्नेबारे पनि छलफल हुने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्बाट भएको क्षतिको मूल्याङ्कन हुँदै
भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा विपद्बाट भएको क्षतिबारे कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग छलफल भएको छ । बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले विपद्बाट कृषि, पशुपन्छी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन भइरहेको जानकारी दिए । सचिव मिश्रका अनुसार पशुपन्छी तथा व्यावसायिक कृषि फार्ममा भएको क्षतिको ...

मुगुमा खानेपानी योजनाको डीपीआरमा अनियमितता, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ वटा खानेपानी योजनाको डीपीआर निर्माणका लागि खरिद कानुनविपरीत प्याकेज बनाइएको, नक्कली मूल्याङ्कन समिति र प्रतिवेदन तयार गरिएको तथा झुट्टा बिलका आधारमा भुक्तानी दिइएको ...




