Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्‌बाट भएको क्षतिको मूल्याङ्कन हुँदै

भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्‌बाट भएको क्षतिको मूल्याङ्कन हुँदै

10/28/2026, 4:01:12 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्‌बाट भएको क्षतिको मूल्याङ्कन हुँदै

भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा विपद्बाट भएको क्षतिबारे कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग छलफल भएको छ । बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले विपद्बाट कृषि, पशुपन्छी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन भइरहेको जानकारी दिए । सचिव मिश्रका अनुसार पशुपन्छी तथा व्यावसायिक कृषि फार्ममा भएको क्षतिको विवरण सङ्कलन गर्न किसान सूचीकरणको तथ्याङ्क प्रयोग भइरहेको छ । किसान सूचीकरणबाट प्राप्त विवरणका आधारमा पशुपन्छीको क्षतिको मूल्याङ्कन गर्ने काम भइरहेको उनले बताए । उनले भने, ‘ विपद्बाट कृषि, पशुपन्छी तथा व्यावसायिक फार्ममा भएको क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन गर्ने काम भइरहेको छ । किसान सूचीकरणबाट प्राप्त तथ्याङ्कका आधारमा पशुपन्छीको क्षतिको मूल्याङ्कन गरिरहेका छौँ । सङ्कलित तथ्याङ्क र सर्वेक्षणका आधारमा क्षतिको यकिन विवरण तयार गरी संसदीय विशेष समितिलाई उपलब्ध गराउँछौँ ।’ उनले जलचरमा भएको क्षतिको आर्थिक मूल्याङ्कन चुनौतीपूर्ण रहेको उल्लेख गरे । विशेषगरी त्रिशूली करिडोरमा विभिन्न प्रजातिका माछा तथा अन्य जलचरमा क्षति पुगेको भन्दै तिनको पुनःस्थापनाका लागि लाग्ने समय र क्षतिको आर्थिक मूल्याङ्कन गर्न थप अध्ययन आवश्यक रहेको बताए । त्यस्तै, बाढीले बगाएर लगेको खेतीयोग्य जमिनको क्षति मूल्याङ्कन गर्ने काम पनि भइरहेको उनले जानकारी दिए । उक्त जमिनको मूल्याङ्कन गर्दा त्यसको वार्षिक उत्पादन क्षमता र उत्पादकत्वलाई आधार बनाउन सकिने उनको भनाइ थियो । यद्यपि, क्षति पुगेको जमिनको कुल क्षेत्रफल र मूल्याङ्कनसम्बन्धी विवरण अझै अन्तिम रूप दिइनसकेको उनले स्पष्ट पारे । मिश्रले विपद्बाट जैविक विविधतामा परेको असर तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएको क्षतिको समेत समग्र मूल्याङ्कन भइरहेको बताए । केही प्रजाति लोप हुने जोखिमसमेत हुन सक्ने भएकाले कृषि तथा वन क्षेत्रमा भएको क्षतिको आंकलन गर्दा यी सबै पक्षलाई समेट्नुपर्ने उनले उल्लेख गरे । मन्त्रालयले क्षतिको विवरण तयार गर्दा किसान सूचीकरणको तथ्याङ्कसँगै संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले गरेको अनुमानलाई समेत आधार बनाउने जनाएको छ । विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्क, सर्वेक्षणका विवरण तथा अन्य प्रमाणित कागजात अध्ययन गरेर यथार्थपरक मूल्याङ्कन गरिने सचिव मिश्रले बताए । उनले समितिलाई उपलब्ध तथ्याङ्क, सर्वेक्षण प्रतिवेदन तथा क्षतिको वर्गीकृत विवरण उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै मूल्याङ्कन प्रक्रियामा समितिसँग निरन्तर समन्वय गरिने बताए । उनले भने, ‘बाढीले बगाएर लगेको खेतीयोग्य जमिनको मूल्याङ्कन गर्दा त्यसको वार्षिक उत्पादकत्वलाई आधार बनाइनेछ । त्यसैगरी, जैविक विविधता र राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएको क्षतिको पनि समग्र मूल्याङ्कन गरिरहेका छौँ । किसान सूचीकरणको तथ्याङ्क, एफएओको अनुमान र सर्वेक्षणबाट प्राप्त विवरणका आधारमा क्षतिको यकिन मूल्याङ्कन गरी समितिलाई उपलब्ध गराउँछौँ ।’ कालीगण्डकी करिडोरमा भने क्षतिको विवरण सङ्कलन तथा अध्ययन तुलनात्मक रूपमा ढिलो भएको सचिव मिश्रले स्वीकार गरे । उक्त क्षेत्रमा विस्तृत सर्वेक्षण नभएकाले हाल उपलब्ध तथ्याङ्कका आधारमा क्षतिको अनुमान गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
OthersJust now

नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल

कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुने पूर्वानुमान छ । ...

अनलाइन खबर
अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउ बढ्यो
OthersJust now

अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउ बढ्यो

१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउ बढेको छ । युरो, पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक र क्यानेडियन डलरको भाउ भने घटेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा तोकेको… ...

अनलाइन खबर
सुदूरपश्चिमको लागि दशा कटाउने जित
Others16 minutes ago

सुदूरपश्चिमको लागि दशा कटाउने जित

पोखरा एभेन्जर्समाथि ६ विकेटको आरामदायी जितपछि सुदूरपश्चिमका इशान पाण्डेले यस पटक सुरुमै दशा कटेको प्रतिक्रिया दिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play