मुगुमा खानेपानी योजनाको डीपीआरमा अनियमितता, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

<p>मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।</p> <p>अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ वटा खानेपानी योजनाको डीपीआर निर्माणका लागि खरिद कानुनविपरीत प्याकेज बनाइएको, नक्कली मूल्याङ्कन समिति र प्रतिवेदन तयार गरिएको तथा झुट्टा बिलका आधारमा भुक्तानी दिइएको अनुसन्धानबाट खुलेको छ ।</p> <p>मुद्दामा कार्यालयका तत्कालीन प्रमुख राजीव रिमाल, तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल र एलाइड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढालाई प्रतिवादी बनाइएको छ ।</p> <p>आयोगले उनीहरूबाट ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो कायम गरी बिगोबराबर जरिवाना, कैद र बिगो असुलउपर गर्न मागदाबी गरेको छ । साथै, परामर्शदाता कम्पनीलाई समेत कानुनअनुसार सजाय गर्न माग गरिएको छ ।</p>
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । ...

धम्पुसमा राजेन्द्र ह*त्या प्रकरणः मदिराको उत्तेजना र प्रतिशोधको परिणाम
त्यहीबीचमा राजेन्द्र पनि पुगे र उनीहरूबीच उही मदिराकै माहोलमा सामान्य विवाद सुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ...

क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ
पर्यटक भिसामा आई क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन्। मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको गृहमन्त्रालयले जनाएको छ। शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएका विदेशी नागरिक ...

भोलिदेखि भारी वर्षा र हावाहुरीको सम्भावना, हवाई उडानमा सतर्कता अपनाउन निर्देशन
काठमाण्डु– भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणको हवाई मार्ग सेवा सुरक्षा मापदण्ड विभागले सन् २०२६ अक्टोबर २८ (२०८३ कात्तिक ११) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई […] ...


