Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

नेपालगञ्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालगञ्ज म्याराथनमा रोटरी क्लबको सहकार्य
Photo / Coverage: हिमालय टाइम्स

नेपालगञ्ज । रोटरी क्लब अफ सेन्ट्रल बाँकेले धारा नेपालगञ्ज म्याराथनसँग कम्युनिटी पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्विलचेयर तीन किमी दौडमा रोटरीको सहयोग रहनेछ । विश्व म्याराथनको एकमात्र प्रतिष्ठित पुरस्कार एम्स सोसल अवार्ड २०२६ बाट सम्मानित नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरी र रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष ईश्वरीजंग मल्लबीच सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौता पाँच वर्षका लागि गरिएको बताइएको छ । ह्विलचेयर तीन किमी रेसमा विशेष सहयोग गर्नुका साथै आफ्ना सम्पूर्ण सदस्यहरूलाई कुनै न कुनै विधामा औपचारिक ढंगले दौडाउने रोटरीको तयारी रहेको छ । ‘रोटरीसँग जोडिएका सबैलाई कुनै न कुनै रूपमा जोड्छौं’, बाँकेका अध्यक्ष मल्लले भन्नुभयो, ‘समुदायलाई दौडसंस्कृतिसँग जोड्दै सामाजिक एकताको अभियानमा हाम्रो सदैव साथ रहनेछ, गभर्नर नै यस अभियानमा निकै सकारात्मक हुनुहुन्छ ।’ रोटरीमा विभिन्न पेशाका उद्यमी, डाक्टर, इञ्जिनियर, सिए, बैंकर, शिक्षक, पत्रकार आबद्ध छन् । धारा नेपालगञ्ज म्याराथनको १२औँ संस्करण यही मंसिर १२ गते शनिबार नेपालगञ्जमा हुने भएको छ । यस वर्ष १२ वटा सामुदायिक संस्थासँग कम्युनिटी पार्टनरका रूपमा काम गर्ने तयारी भएको दर्ता विभाग प्रमुख गगन थापाले जानकारी दिनुभयो । स्थानीय बिपी चोकबाट सुरु हुने म्याराथनअन्तर्गत ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर पुरुष खुला, १० किलोमिटर महिला खुला, पाँच किमी पुरुष खुला, पाँच किमी महिला खुला, पाँच किमी स्कुलस्तरीय छात्र-छात्रा दौड, तीन किमी कर्पोरेट रन, तीन किमी किड्स रन, तीन किमी ह्विलचेयर रन, दुई किमी फेमिली रन र तीन किमी रन फर अल गरेर १२ विधा समावेश गरिएको छ । म्याराथन(४२ किमी)पुरुष खुला भए पनि महिलाले आफ्नो व्यक्तिगत समयका लागि दौड्न चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइनेछ । त्यसैगरी महिला हाफ म्याराथन(२१ किमी) महिलाका लागि भए तापनि पुरुष धावकले समय सुधारका लागि दौडन चाहेमा विद्युतीय चिप्स प्रदान गरिने व्यवस्था मिलाइएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । ४२ किमीतर्फ विभिन्न उमेर समूहमा वरीयताक्रम निकालिने समेत उहाँले जानकारी दिनुभयो । यसमा ४० देखि ५० वर्ष, ५० देखि ६० वर्ष उमेर समूह, ६० देखि ७० वर्ष उमेर समूहलाई पहिलो, दोस्रो र तेस्रो वरीयता प्रदान गरेर प्रोत्साहन गरिनेछ । एबोट वर्ल्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहको धावकलाई विश्वव्यापी वरीयतामा समेत समावेश गरिँदै आएको छ र यसपटक पनि गरिनेछ । साथै उमेर समूहको वर्ल्ड च्याम्पियनसिपमा सहभागितामा सहजीकरण गरिनेछ । त्यसैगरी विभिन्न विधाका शीर्ष धावकहरूलाई मेजर म्याराथनलगायत वर्ल्ड एथ्लेटिक्सको प्लेटिनम, गोल्ड, इलाइट र लेबल रेसहरूमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । नेपालगञ्ज म्याराथन २०१५ देखि अविच्छिन्नरूपमा सञ्चालन हुँदै आएको दौड हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रेमको विश्वास भत्किँदा जन्मिएको पीडा र प्रतिशोधको कथा : ‘भोटेकोशी झैँ’
Latest NewsJust now

प्रेमको विश्वास भत्किँदा जन्मिएको पीडा र प्रतिशोधको कथा : ‘भोटेकोशी झैँ’

प्रेम मानिसको जीवनमा सबैभन्दा सुन्दर अनुभूति हो । तर, त्यही प्रेममा विश्वासको जग भत्कियो भने त्यसले जन्माउने पीडा झन् गहिरो र भयावह हुन सक्छ । आफूले सबैभन्दा बढी विश्वास गरेको व्यक्तिबाटै धोका पाउँदा मनमा उत्पन्न हुने निराशा, छटपटी, आक्रोश र प्रतिशोधको भावलाई शब्द, संगीत र दृश्यको माध्यमबाट अभिव्यक्त गर्ने प्रयास गरिएको छ नयाँ गीत ‘भोटेकोशी झैँ’मा । लोकप्रिय गायक तथा ...

हिमालय टाइम्स
सिनेमाहलमा ‘पाँच पाण्डव’
Latest NewsJust now

सिनेमाहलमा ‘पाँच पाण्डव’

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पाँच पाण्डव’ देशभरका हलमा प्रदर्शनमा आएको छ । बलिउडको ठूलो चलचित्रसँग प्रतिस्पर्धा गर्नुपरे पनि यस चलचित्रले सन्तोषजनक शो पाएको छ । सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्र सोसल ड्रामा विधामा आधारित छ । महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको लेखक पौडेलले बताउनुभयो । काली रानी फिल्मस्को ...

हिमालय टाइम्स
कृषाको ‘उही तिम्रो’मा पल र प्रदीप
Latest NewsJust now

कृषाको ‘उही तिम्रो’मा पल र प्रदीप

काठमाडौं । अभिनेता प्रदीप खड्का र पल शाह फेरि एकसाथ पर्दामा देखिने हुनुभएको छ । निर्देशक कृषा चौलागाईंले दुवैलाई लिएर चलचित्र ‘उही तिम्रो’ निर्माण गर्ने हुनुभएको हो । चलचित्रको शुक्रबार शुभमुहूर्त गर्दै औपचारिक निर्माण घोषणा गरिएको हो । यसअघि ‘पूजार सार्की’मा सहकार्य गर्नुभएका प्रदीप र पलको जोडीलाई यस चलचित्रमा पनि दर्शकले देख्न पाउनेछन् । चलचित्रमा सिम्रन पन्त र जुना विश्वकर्मासहित लक्ष्मी ...

हिमालय टाइम्स
‘सारथी’को ‘मयाली’
Latest NewsJust now

‘सारथी’को ‘मयाली’

काठमाडौं । चलचित्र ‘सारथी’को गीत ‘मयाली’ सार्वजनिक भएको छ । निर्माणपक्षले म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो । प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त र रचना रिमालको स्वर छ । प्रेमभाव समेटिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशी रोमान्टिक नृत्यमा देखिनुभएको छ । भिडियोको निर्देशन कविराज गहतराजले गर्नुभएको हो भने छायांकन गोपाल रायाले ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play