काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पाँच पाण्डव’ देशभरका हलमा प्रदर्शनमा आएको छ । बलिउडको ठूलो चलचित्रसँग प्रतिस्पर्धा गर्नुपरे पनि यस चलचित्रले सन्तोषजनक शो पाएको छ । सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्र सोसल ड्रामा विधामा आधारित छ । महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको लेखक पौडेलले बताउनुभयो । काली रानी फिल्मस्को ब्यानरमा निर्मित चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलियालगायत कलाकारको अभिनय छ । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा दर्शकले डल्बी एटमस साउन्डको अनुभवसमेत लिन पाउनेछन् ।
सिनेमाहलमा ‘पाँच पाण्डव’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






