काठमाडौं । चलचित्र ‘सारथी’को गीत ‘मयाली’ सार्वजनिक भएको छ । निर्माणपक्षले म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो । प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त र रचना रिमालको स्वर छ । प्रेमभाव समेटिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशी रोमान्टिक नृत्यमा देखिनुभएको छ । भिडियोको निर्देशन कविराज गहतराजले गर्नुभएको हो भने छायांकन गोपाल रायाले गर्नुभएको छ । कुमार गजुरेलको निर्देशनमा बनेको यो चलचित्र आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ । चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशीलगायतका कलाकारको अभिनय छ । किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्मित चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुनुहुन्छ । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा संकल्प भुजेलको छायांकन तथा तारा थापा ‘किम्भे’को सम्पादन छ ।
‘सारथी’को ‘मयाली’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






