Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेपाल प्रहरीको कार्यसम्पादनमा रुपन्देही देशकै सर्वोत्कृष्ट

नेपाल प्रहरीको कार्यसम्पादनमा रुपन्देही देशकै सर्वोत्कृष्ट

10/18/2026, 6:00:17 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल प्रहरीको कार्यसम्पादनमा रुपन्देही देशकै सर्वोत्कृष्ट

जिल्ला प्रहरी कार्यालय रुपन्देही नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये सर्वोत्कृष्ट बनेको छ। प्रहरी सेवा प्रवाह, कार्यालय सञ्चालन, कार्यकुशलता, व्यावसायिक दक्षता, कानुन कार्यान्वयन तथा अवैध गतिविधि नियन्त्रणलगायतका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै रुपन्देही प्रहरीले पहिलोपटक ‘पुलिस व्याटन’ प्राप्त गरेको हो। नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कन (पुलिस व्याटन) २०८३ मा सर्वोत्कृष्ट बनेको रुपन्देही प्रहरीलाई ७१औँ प्रहरी दिवसको अवसरमा पुरस्कृत गरिएको छ। उत्कृष्ट कार्यसम्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीलाई नेपाल प्रहरी प्रधान कार्यालयले प्रशंसापत्र प्रदान गरेको छ। प्रहरी दिवस २०८३ को अवसरमा प्रदान गरिएको प्रशंसापत्रमा एसपी शाहीले कार्यालय प्रमुखका रूपमा व्यावसायिकता, निष्ठा, मातहतका प्रहरी कर्मचारीको परिचालन तथा कार्यकुशलतालगायतका क्षेत्रमा उत्कृष्ट भूमिका निर्वाह गरेको उल्लेख छ। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले प्रदान गरेको प्रशंसापत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शाहीलाई बधाई दिँदै आगामी दिनमा अझ उच्च प्रगतिको कामना गरेका छन्। नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरिने ‘पुलिस व्याटन’लाई प्रहरी संगठनभित्र जिम्मेवारी, अनुशासन, कार्यक्षमता र सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्ने सम्मानका रूपमा लिइन्छ। यसले प्रहरी कार्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउनुका साथै नागरिकलाई प्रभावकारी, उत्तरदायी र गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते
OthersJust now

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् । आज दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा ...

पर्दाफास
म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा
OthersJust now

म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा

पछिल्लो दुई वर्ष यता विपना थापाको अभिनयमा सक्रियता बढेको छ । ‘वरमाला’ मा अभिनय गरेपछि आफ्नो श्रीमानसँग भारत पुगेकी अभिनेत्री थापाले केही समय पारिवारिक गृहस्थी जीवनमै आफूलाई समर्पित गरिन् । करिब एक सय भन्दा बढी फिल्ममा देखिएकी थापा नेपालको सर्वाधिक व्यस्त अभिनेत्रीको रुपमा परिचित थिइन् । यद्यपि, डिजिटल प्रविधिको प्रवेशसँगै नेपाली फिल्मको कथ्य शैलीमा आएको परिवर्तनसँगै बदलिँदो अवस्थालाई मध्यनजर गर्दै उनले ...

पर्दाफास
सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ
OthersJust now

सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ

१ असोज, सुनसरी । प्रहरीले सुनसरीको इनरुवा नगरपालिका-४ ज्ञानोदय टोलबाट आइतबार दिउँसो साढे १ बजे ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ । इनरुवाको हनुमान मन्दिर नजिकैका स्थानीय बुलबुल यादवको घरमा गाँजा बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीले घरको खानतलासी गर्दा गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना… ...

अनलाइन खबर
लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्ति बदर गर्न माग
OthersJust now

लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्ति बदर गर्न माग

वित्तीय पारदर्शिता र नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै स्थानीय योग्य व्यक्तिलाई नियुक्त गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसंग माग गर्दै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play