निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। विदेशी नागरिकका लागि निषेधित मानिएका उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने कानुनी व्यवस्था छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आर्थिक वर्षमा २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ सङ्कलन भएको थियो। आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका १,८a५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० डलर र एक दिनको भ्रमण गरेका २,५६९ पर्यटकबाट प्रतिव्यक्ति ५० डलर सङ्कलन गरिएको हो। त्यस्तै सात दिनको भ्रमण अनुमति लिएर मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका १,३३८ जना पर्यटकबाट प्रतिव्यक्ति १०० डलरका दरले प्रवेश शुल्क उठेको छ। निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने गर्छ। अध्यागमन कार्यालयमार्फत उठ्ने निषेधित क्षेत्रको यो प्रवेश शुल्क सङ्घीय सरकारको राजस्व खातामा जाने गरेको आयोजना प्रमुख डा. कडरियाले बताए। यसअघि निषेधित क्षेत्रको भ्रमण गरेका विदेशी पर्यटकबाट प्रवेश शुल्कबापत आर्थिक वर्ष २०८१/०८२ मा ३० करोड १७ लाख ५२ हजार रुपैयाँ र आर्थिक वर्ष २०८०/०८१ मा २३ करोड ८९ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। सरकारले तिब्बतसँग नाका जोडिएका यी हिमाली क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरेको छ। उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि जाने गर्छन्। निषेधित क्षेत्रबाहेक अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गरेका अन्य विदेशी पर्यटकबाट गत आर्थिक वर्षमा ६७ करोड ७५ लाख ९० हजार ९८६ रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी आयोजना प्रमुख डा. कडरियाले दिए। आयोजना कार्यालयले दक्षिण एसियाली मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १,००० रुपैयाँ र अन्य मुलुकका पर्यटकबाट ३,००० रुपैयाँ (मूल्य अभिवृद्धि करसहित) प्रवेश शुल्क लिने गरेको छ। गत आर्थिक वर्षमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएपछि प्रवेश शुल्कबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि भएको हो। गत आर्थिक वर्षमा दक्षिण एसियाली मुलुकका ३ लाख ८४ हजार १४५ र अन्य मुलुकका १ लाख २४ हजार ३३१ गरी कुल ५ लाख ८ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए। तीमध्ये सबैभन्दा बढी ३ लाख ७५ हजार ७९७ जना भारतीय पर्यटक रहेका छन्। पर्यटक सङ्ख्यासँगै पर्यटक शुल्कबाट उठ्ने रकम पनि गत आर्थिक वर्षमा अहिलेसम्मकै उच्च सङ्कलन भएको छ। यसअघि आर्थिक वर्ष २०८१/०८२ मा पर्यटक प्रवेश शुल्कबापत ४६ करोड ४८ लाख ८१ हजार ४८४ रुपैयाँ सङ्कलन भएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा ३८ करोड ९४ लाख ६१ हजार ४८३ रुपैयाँ उठेको थियो। पर्यटक शुल्कलगायतबाट हुने यो आम्दानी क्षेत्रको संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा खर्च हुने गरेको आयोजना कार्यालयले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

ड्रोनबाट राहत वितरण
काठमाडौं।बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दशैंका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट ...

रहस्यमय ‘सारथी’को टिजर : यस्तो अवस्थामा देखिइन् निरुता सिंह
फिल्म ‘सारथी’को टिजर सार्वजनिक भएको छ। निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर कात्तिक २ मा फिल्मको टिजर सार्वजनिक गरिएको हो। जसमा काउब्वाय ह्याट, हातमा लालटिन र रहस्यमय हाउभाउमा छन्। जंगलको अँध्यारो बाटोमा हिँडिरहेका डेब्यु अभिनेता गिरि विश्वकर्मा र अभिनेत्री निरुता सिंहबिचको सम्बन्ध के हो? गिरिले निरुतालाई ‘आमा’ भनेर सम्बोध... ...
![सवारीसाधन पूजा [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/sabari-puja-83-7-3%20(5).jpg)
सवारीसाधन पूजा [तस्बिरहरू]
यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ। ...

दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?
काठमाडौं। दसैँको समयमा नेपाली भान्सामा मासुका विभिन्न परिकार पाक्ने गर्छन्। मासु प्रोटिन, खनिज तत्व, भिटामिन बी, जिंक र पोटासियमको राम्रो स्रोत भए पनि यसको अत्यधिक र असन्तुलित उपभोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। पोषणविद् रुजु खड्काका अनुसार मासुलाई सही ढंगले नपकाउँदा र धेरै खाँदा पाचन प्रणालीमा समस्या, टाउको दुख्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने जस्ता समस्या देखिन सक्छन्। लामो समयसम्म ...


