नागार्जुन भेट्रान्स फुटबलमा २४ टोलीबीच भिडन्त

काठमाडौं । तेस्रो नागार्जुन नगरपालिका भेट्रान्स फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक भएसँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने २४ टोलीको समूह विभाजन टुंगिएको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुने प्रतियोगिता कात्तिक १० देखि २० गतेसम्म मध्यपुर ठिमी मैदानमा सञ्चालन हुनेछ । टाइसिट ड्रबाट सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको हो । प्रत्येक समूहमा तीन टोली छन् । समूह चरणमा सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा हुनेछ । आठवटै समूहका शीर्ष स्थानमा रहने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । समूह ‘ए’मा अभिषेक चर्च, विजय युथ र जोरपाटी क्लब परेका छन् । समूह ‘बी’मा एनआरटी, थान्साङ एफसी र रिभर फिल्ड फुटसल छन् । समूह ‘सी’मा चितवन भेट्रान्स, कैलाली भेट्रान्स र चाबहिल युथ क्लब रहँदा समूह ‘डी’मा कीर्तिपुर भेट्रान्स क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र विष्णु पादुका छन् । त्यसैगरी, समूह ‘ई’मा फ्रिडम एफसी, कापन एफसी र महावीर क्लब छन् । समूह ‘एफ’मा वीरगञ्ज एकेडेमी, हिलसाइड एफसी र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘जी’मा लहान एफसी, एट्टिज एमभिसी र सानो गौचरण तथा समूह ‘एच’मा सामाजिक क्लब, इमाडोल भेट्रान्स क्लब र पोखरा ११ रहेका छन् । प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । नागार्जुन नगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरूको पहलमा स्थापित फुटबलर्स मिसन टुगेदरले पूर्वखेलाडी तथा भेट्रान्स खेलाडीलाई नियमित रूपमा फुटबलमा सक्रिय राख्ने र नेपाली फुटबलमा उनीहरूले पुर्याएको योगदानको सम्मान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताले अनुभवी खेलाडीलाई पुनः मैदानमा उतार्नुका साथै भेट्रान्स फुटबलको विकास र विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

असोज महिनामा छ अर्बको विद्युत् निर्यात
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ झण्डै छ अर्ब अर्थात् पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको ...

जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली
तनहुँ । शान्त वातावरण, परिवारको साथ अनि रमाइलो वातावरण, यी सबै एकै ठाउँमा खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली तपाईंको घुमफिरको सूचीमा पर्न सक्छ । प्राकृतिक... ...

टेलिकमको सस्तो नेटमा आकर्षण
काठमाडौं । नेपाल टेलिकमले हालै एफटिटिएच अर्थात् फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण धेरै ग्राहक आकर्षित भएका छन् । जसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्न १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको र त्यसमा धेरै चाप परेका कारण हाल यसको क्षमतासमेत वृद्धि गरिएको कम्पनीले जनाएको छ । ग्राहकले उक्त नम्बरमा कल गरेर ...

जनकपुर बोल्ट्सको बैंकिङ साझेदारमा मुक्तिनाथ
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्यका लागि सम्झौता गरेको छ । एनपिएल क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ । एनपिएलको पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्स नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्ने सफल ...


