Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीक छठ पर्व सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीक छठ पर्व सुरु
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २७ । दीपावली पर्व सकिएसँगै मिथिलाञ्चलसहित तराई–मधेसका विभिन्न क्षेत्रमा सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने महान् पर्व छठ सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चार दिनसम्म मनाइने छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । पर्वको तयारीमा स्थानीयवासी जुटेसँगै मिथिलाको वातावरण छठमय बनेको छ । धार्मिक आस्था, निष्ठा, पवित्रता र भक्तिको अनुपम सङ्गम मानिने छठ पर्व सूर्यदेवप्रति कृतज्ञता प्रकट गर्ने विशेष अवसरका रूपमा मनाइन्छ । प्रकृतिको प्रत्यक्ष देवताका रूपमा पुजिने सूर्यबाट समस्त प्राणीले जीवन, ऊर्जा र प्रकाश प्राप्त गर्ने धार्मिक विश्वासका आधारमा यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ । सूर्यदेवसँगै षष्ठीदेवी अर्थात् छठीमाताको पूजा आराधना गरी परिवारको सुख, शान्ति, सुस्वास्थ्य, सन्तानको दीर्घायु र समृद्धिको कामना गरिन्छ । छठको धार्मिक तथा ऐतिहासिक महत्त्व प्राचीन सूर्योपासनासँग जोडिएको मानिन्छ । वैदिक परम्परामा सूर्यलाई जीवन र ऊर्जाको स्रोतका रूपमा आराधना गरिँदै आएको छ । हिन्दु धार्मिक मान्यताअनुसार सूर्यदेवको उपासनाले आरोग्य, तेज, समृद्धि र कल्याण प्राप्त हुने विश्वास छ । छठ पर्वमा प्रकृतिले उपलब्ध गराएका फलफूल, कृषि उपज र जललाई पूजामा समावेश गरिनुले मानिस र प्रकृतिबीचको गहिरो सम्बन्धलाई समेत उजागर गर्छ । छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका पारम्परिक गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र छठीमाताको महिमा गाइने भक्तिगीतले गाउँबस्तीमा धार्मिक उल्लास थपेको छ । पर्वका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवाहरू छठघाट निर्माण, सजावट र व्यवस्थापनमा सक्रिय देखिएका छन् । बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् । छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ । मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री खरिद गर्नेको भीड लागेको छ । केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ । स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन् । यसैगरी छठ पूजाका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि साप्ताहिक हाटबजारमा बढेको छ । बत्ती बाल्न प्रयोग हुने दियो, दही जमाउने छ्याँची, पूजासम्बन्धी सामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको बजार पनि बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको माग बढेको हो । छठ पर्वले धार्मिक महत्त्वसँगै स्थानीय अर्थतन्त्र र परम्परागत सीपको संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएको छ । बाँसका सामग्री बनाउने कारीगर, माटाका भाँडा तयार गर्ने कुमाल समुदाय, किसान, फलफूल व्यापारी तथा साना व्यवसायीका लागि छठ आम्दानीको महत्त्वपूर्ण अवसरसमेत बन्ने गरेको छ । स्थानीय उत्पादन र हस्तकलाका सामग्रीलाई प्राथमिकता दिने परम्पराले पुस्तौँदेखि चल्दै आएका पेसा र सीपलाई निरन्तरता दिन सहयोग पुर्‍याएको छ । घरघरमा छठको प्रसाद तयार गर्ने चटारो पनि बढेको छ । ठकुवा र भुसुवासहितका परम्परागत प्रसाद बनाउन गृहिणी व्यस्त छन् । चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गरिन्छ । मिथिलानी अर्थात् मिथिलाका महिलाहरू छठका लागि चामल र गहुँको पिठो तयार गर्न व्यस्त छन् । मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ । यस दिन व्रतालुले स्नान गरी शुद्ध र सात्त्विक भोजन ग्रहण गर्छन् । दोस्रो दिन ‘खरना’ विधि गरिन्छ । यस दिन दिनभर उपवास बसेर साँझ दूध, चामल र सख्खरबाट तयार पारिएको खीरलगायत प्रसाद ग्रहण गरिन्छ । त्यसपछि व्रतालुले निर्जला उपवास सुरु गर्छन् । पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुले अस्ताउँदो सूर्यलाई नदी, पोखरी तथा जलाशयमा उभिएर अर्घ्य अर्पण गर्छन् । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ । यसरी अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिनुले जीवनका हरेक अवस्था र प्रकृतिको निरन्तरताप्रति सम्मान प्रकट गर्ने सांस्कृतिक सन्देश दिएको मानिन्छ । सामाजिक दृष्टिले छठ पर्व आपसी सद्भाव, समानता, सहकार्य र सामुदायिक एकताको उदाहरणका रूपमा स्थापित छ । छठघाटमा जातीय, वर्गीय तथा सामुदायिक विभेदलाई बिर्सेर सबै एकै ठाउँमा भेला हुने र एकअर्कालाई सहयोग गर्ने परम्परा छ । व्रतालुका लागि घाट निर्माणदेखि सरसफाइ, सजावट र पूजाका सामग्री व्यवस्थापनसम्म स्थानीयवासी सामूहिक रूपमा सहभागी हुन्छन् । यसले समाजमा सहअस्तित्व, परस्पर सम्मान र सहयोगको भावना बलियो बनाउने गरेको छ । छठ पर्वमा पुराना मनमुटाव बिर्सेर परिवार, आफन्त, छरछिमेक र समुदायका मानिस एकै ठाउँमा भेला हुन्छन् । आफ्नो घरमा व्रत नबसेका व्यक्तिले समेत व्रतालुलाई सहयोग गर्ने, प्रसाद ग्रहण गर्ने र घाट व्यवस्थापनमा सघाउने परम्परा छ । धार्मिक आस्थाले मानिसलाई विनम्र, अनुशासित र सहयोगी बनाउने स्थानीयवासीको विश्वास छ । सांस्कृतिक रूपमा छठ मिथिला सभ्यता र पहिचानको महत्त्वपूर्ण आधारसमेत हो । छठका लोकगीत, पारम्परिक पोसाक, बाँसका सामग्री, माटाका भाँडा, स्थानीय कृषि उपज र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका पूजा विधिले मिथिलाको मौलिक संस्कृति जीवन्त राखेका छन् । विशेषगरी महिलाको सक्रिय सहभागिता, लोकगीतको परम्परा र पारिवारिक सहकार्यले यस पर्वलाई पुस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदाका रूपमा स्थापित गरेको छ । छठ पर्वले धार्मिक आस्था र व्यक्तिगत विश्वासलाई मात्र नभई प्रकृति संरक्षणको सन्देशसमेत प्रवाह गर्छ । नदी, पोखरी र जलाशयलाई पूजास्थलका रूपमा सम्मान गर्ने परम्पराले जलस्रोतको महत्त्व स्मरण गराउँछ । फलफूल, उखु, अदुवा, बेसारलगायत स्थानीय कृषि उपजलाई पूजामा प्रयोग गरिनुले कृषि, किसान र प्रकृतिप्रतिको सम्मानलाई पनि अभिव्यक्त गर्छ । यसरी छठ पर्व धार्मिक श्रद्धा, ऐतिहासिक परम्परा, सामाजिक समानता र सांस्कृतिक पहिचानको साझा उत्सवका रूपमा मनाइँदै आएको छ । सूर्यदेव र षष्ठीदेवीको उपासनाबाट परिवार तथा समाजको मङ्गल र कल्याण हुने जनविश्वाससँगै आपसी सद्भाव, एकता र प्रकृतिप्रतिको सम्मानलाई जीवन्त बनाउनु नै छठ पर्वको विशिष्ट महत्त्वका रूपमा रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डिजिटल प्रविधिमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै सञ्चारमन्त्री तिमिल्सिना
PoliticsJust now

डिजिटल प्रविधिमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा  विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन् । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाईसँग द्विपक्षीय भेटवार्ता गरेको नेपाली राजदूतावास, दोहाद्वारा बिहीबार जारी ...

फरकधार
जित्नैपर्ने दबाबमा चितवन र जनकपुर, शीर्ष दुईको लडाइँमा सुदूरपश्चिम र काठमाडौं
PoliticsJust now

जित्नैपर्ने दबाबमा चितवन र जनकपुर, शीर्ष दुईको लडाइँमा सुदूरपश्चिम र काठमाडौं

  नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीन अब यस्तो मोडमा पुगेको छ, जहाँ एउटा जितले प्लेअफको ढोका खोल्न सक्छ भने एउटा हारले उपाधि यात्रामा पूर्णविराम लगाउन सक्छ । लिग चरणका खेल सकिन लाग्दा शीर्ष चारको समीकरण झन् रोचक बनेको हो । केही टोली प्लेअफ नजिक पुगेका छन् केही टोली जित्नै पर्ने दबाबमा छन् । यही परिस्थितिमा कार्तिक २७ गते अर्थात् आज ...

फरकधार
टर्कीमा रहेका नेपाली श्रमिकको सुरक्षा र उद्धारका लागि सरकारी पहल
PoliticsJust now

टर्कीमा रहेका नेपाली श्रमिकको सुरक्षा र उद्धारका लागि सरकारी पहल

परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । टर्कीमा नेपाली राजदूतावास स्थापना गर्ने वा दक्षिणपूर्वी युरोपका देशलाई समेत ...

फरकधार
गुल्मीमा असिनाको वितण्डा : चार सय रोपनीको धानबालीमा क्षति
PoliticsJust now

गुल्मीमा असिनाको वितण्डा : चार सय रोपनीको धानबालीमा क्षति

धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै एकै ठाउँमा करिब ४ सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा असिनापानीले क्षति पुर्‍याएको हो । असिनापानीका कारण खेतमा पाक्न लागेको धान झरेपछि किसानहरू चिन्तित बनेका छन् । स्थानीय कृषक पदम खत्रीले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play