Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/देशलाई संकटबाट जोगाउन आन्दोलन गर्नुपर्छ : केपी ओली

देशलाई संकटबाट जोगाउन आन्दोलन गर्नुपर्छ : केपी ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशलाई संकटबाट जोगाउन आन्दोलन गर्नुपर्छ : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको आरोप लगाउँदै आन्दोलनको तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले सरकार बेलगाम फासीवादतर्फ अघि बढिरहेको आरोप लगाए। देशमा कसैले बोल्न नसक्ने गरी भयको वातावरण सिर्जना गरिएको उनको दाबी थियो। ‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ ओलीले भने, ‘देश कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ। यस अवस्थालाई थप बिग्रन नदिन आन्दोलनको तयारी गर्नुको कुनै विकल्प छैन।’ एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पुर्‍याउने जिम्मेवारी पार्टीको काँधमा आएको उनले बताए। देशलाई अहिलेको संकटपूर्ण अवस्थाबाट पार लगाउन एमाले एकताबद्ध र अनुशासित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। सही नीति र विचारका आधारमा अघि बढे मात्र पार्टीप्रति जनताको आकर्षण फर्काउन सकिने उनले उल्लेख गरे। गत वर्ष फागुन २१ मा भएको निर्वाचनलाई चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको ओलीले जिकिर गरे। एमाले सत्य, न्याय, देश र जनताको पक्षमा उभिएकाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने उनको दाबी थियो। कार्यक्रममा नवनियुक्त केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। महासचिव शंकर पोखरेलले सञ्चालन गरेको कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पोखरा र सुदूरपश्चिमबीचको खेल सुरु
ताजा खबरJust now

पोखरा र सुदूरपश्चिमबीचको खेल सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ रोजेपछि पोखराले ब्याटिङ थालेको... ...

रातोपाटी
विपद् जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउन जोड
ताजा खबरJust now

विपद् जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउन जोड

नयाँ दिल्ली । जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न तथा विपद् जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित जलवायु जोखिम तथा विपद् ... ...

रातोपाटी
सुदूरपश्चिमले दियो पोखरालाई ब्याटिङको निम्तो
ताजा खबरJust now

सुदूरपश्चिमले दियो पोखरालाई ब्याटिङको निम्तो

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन्। साविक उपविजेता सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो। पोखराले भने यस खेलबाट प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ। ...

नेपालन्युज
नेपाल प्रहरीकै वेबसाइट र अनलाइन सेवा अवरुद्ध
ताजा खबरJust now

नेपाल प्रहरीकै वेबसाइट र अनलाइन सेवा अवरुद्ध

काठमाडौं– नेपाल प्रहरीको वेबसाइट र अनलाइन सेवा अवरुद्ध भएको छ । नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको जानकारी गराएको हो । वेबसाइट र अनलाइन सेवा कहिलेसम्म बन्द रहने भन्ने केही खुलाइएको छैन । ‘नेपाल प्रहरीको वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली, अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा यहाँहरुलाई ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play