नेपाल प्रहरीकै वेबसाइट र अनलाइन सेवा अवरुद्ध

काठमाडौं– नेपाल प्रहरीको वेबसाइट र अनलाइन सेवा अवरुद्ध भएको छ । नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको जानकारी गराएको हो । वेबसाइट र अनलाइन सेवा कहिलेसम्म बन्द रहने भन्ने केही खुलाइएको छैन । ‘नेपाल प्रहरीको वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली, अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा यहाँहरुलाई पर्नसक्ने असुविधाका लागि क्षमाप्रार्थी छौं’, प्रहरीको सूचनामा भनिएको छ । यसअघि पनि बेलाबेलामा प्रहरीको वेबसाइट र अनलाइन सेवा अवरुद्ध हुने गरेको छ । दसैंभरि नेपाल सरकारका एक हजारभन्दा बढी वेबसाइट बन्द भएका थिए । साइबर आक्रमणको डरले सरकारी वेबसाइट बन्द गरिएको थियो ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News
![कोप-३१ को तयारी तीव्र, जलवायु सम्मेलनबाट सुझाव संकलन गरिने [भिडियो]](https://hamrakura.com/uploads/news/images/gita-chaudhary-11-07.jpg)
कोप-३१ को तयारी तीव्र, जलवायु सम्मेलनबाट सुझाव संकलन गरिने [भिडियो]
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ...

एनपीएलमा पोखराविरुद्ध सुदूरपश्चिमको सहज जित
सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई सहजै ६ विकेटले हराएको हो । ...

पोखरालाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ । बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित... ...

कप्तान ऐरीको अर्धशतकमा पोखरामाथि सुदूरपश्चिमको सहज जीत
कप्तान दिपेन्द्र सिंह ऐरी र इसान पाण्डेको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको छ। जारी एनपीएलकै सबैभन्दा बढी रनको साझेदारी गर्दै धरापमा पर्न लागेको सुदूरपश्चिमलाई इसानसँग बलियो साझेदारी गर्दै कप्तान ऐरीले जीतको बाटो देखाए। दिपेन्द्र र इसानले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे। बंगलादेशी अलराउन्डर मेहदी हसन... ...


