Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दुई महिनामा ४ खर्ब ३६ अर्ब ३६ करोड रेमिट्यान्स भित्रियो

दुई महिनामा ४ खर्ब ३६ अर्ब ३६ करोड रेमिट्यान्स भित्रियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई महिनामा ४ खर्ब ३६ अर्ब ३६ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकको रिपोर्टअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको थियो । मासिक रूपमा हेर्दा पनि भदौ २०८३ मा मात्र २ खर्ब २१ अर्ब ३१ करोड रेमिट्यान्स नेपाल आएको छ । गत आर्थिक वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको थियो । गत भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो । गत वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ ।तर रेमिट्यान्स आप्रवाह भने गत वर्षको भन्दा बढेको छ । पछिल्ला महिनामा रेमिट्यान्स बढ्नुलाई खाडीसँगै युरोप, जापान, कोरियालगायत देशबाट पैसा आउने क्रम बढ्नुलाई पनि लिइएको छ । चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका लागि ७८ हजार ३ सय २० जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा ५२ हजार १ सय ६३ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्यांक छ । गत आर्थिक वर्षको दुई महिनामा ९० हजार १ सय ९८ जनाले अन्तिम श्रम स्वीकृति र ४५ हजार ८ सय ८४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । नेपालको विदेशी मुद्रा (विनिमय) सञ्चिति करिब साढे ४० खर्ब रुपैयाँ नाघेको छ । गत भदौसम्म विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत असारको तुलनामा विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेको हो । पछिल्ला वर्षमा विदेशी मुद्रा सञ्चितिले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । सोही क्रममा गत भदौमा साढे ४० खर्ब नाघेको हो । सञ्चिति बढेसँगै त्यसको उपयोगिता सम्बन्धमा पनि चर्चा चल्न थालेको छ । यसका लागि अर्थ मन्त्रालयले करिब डेढ महिनाअघि राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितको संयोजकत्वमा विदेशी मुद्रा सञ्चिति उपयोग सम्बन्धमा सुझाव समिति गठन गरेको छ । थुप्रिँदै गरेको विदेशी मुद्रा सञ्चितिलाई कानुनी सीमाभित्र रहेर मुलुकको हितमा कसरी खर्च गर्न सकिन्छ भन्ने सम्बन्धमा समितिले सुझाव दिनेछ । राष्ट्र बैंकका अनुसार गत असारमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो । ‘गत भदौसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ । असार २०८३ मा २५ अर्ब ३१ करोड थियो,’ राष्ट्र बैंकले भनेको छ । २०८३ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.३ प्रतिशत छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु
ताजा खबरJust now

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक चु डोङ्युले विश्वमा भोकमरी अन्त्य गर्न आवश्यक क्षमता, साधन, प्रविधि र ज्ञान उपलब्ध भए पनि तिनको व्यापक प्रयोग हुन नसक्दा खाद्य सुरक्षा सुनिश्चित गर्न चुनौती भइरहेको बताएका छन् । विश्व खाद्य दिवस २०२६ का अवसरमा वक्तव्य जारी गर्दै नवप्रवर्तनको अभावभन्दा पनि समाधानका उपयुक्त विकल्पलाई स्थानीय आवश्यकता अनुकूल बनाउँदै व्यापक रूपमा ...

टक्सार
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

लुम्बिनी सञ्चार
कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी
ताजा खबरJust now

कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

काठमाडौँ । अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज ...

केन्द्रबिन्दु
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play