दिवङ्गत पत्रकार उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी आर्थिक सहयोग

दमौली । दिवङ्गत पत्रकार तथा साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप १६ लाख सात हजार रुपैयाँभन्दा बढी रकम सङ्कलन गरिएको छ । तनहुँ अन्तर्राष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को संयुक्त पहलमा सङ्कलित १६ लाख सात हजार ८३२ रुपैयाँमध्ये उपाध्यायकी पत्नी इन्दिरा कार्की उपाध्यायको उपचारका लागि १२ लाख पाँच हजार ८७५ रुपैयाँ हस्तान्तरण गरिएको हो । तनहुँ अन्तर्राष्ट्रिय समाजका अध्यक्ष राजन त्रिपाठीले इन्दिरा कार्की उपाध्यायलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सङ्कलित रकममध्ये बाँकी चार लाख एक हजार ९५७ रुपैयाँ दसैँलगत्तै स्वर्गीय उपाध्यायका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको बैंक खातामा जम्मा गरिने समाजले जनाएको छ । गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धकसमेत रहेका उपाध्यायको गत महिना निधन भएको थियो । तनहुँको भानु नगरपालिका–१, भन्सार निवासी उपाध्यायको परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न संस्थाको सहकार्यमा आर्थिक सहयोग सङ्कलन गरिएको हो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ
काठमाडाैँ। अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएकाे आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन्। उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ। राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मङ्गलबार पक्राउ गरिएको हो। उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ सेप्टेम्बरसम्म ‘लेबल्सब्याङ्क ...

दसैँमा जमरा पनि बिक्रीमा, स्वयम्भूमा किन्नेको चहलपहल
काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ । जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । त्यसैले पनि दसैँमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल ...

विदेशी पर्यटकले लगाए दसैँको टीका र जमरा, नेपाली संस्कृतिमा रमाए (तस्बिरहरू)
चितवन । नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादसैँ मनाएका छन्। नेपाली कला, संस्कृति र परम्पराबारे बुझ्ने अवसर पाएका उनीहरूले विभिन्न होटलमा टीका र जमरा लगाउँदै... ...
![विदेशी पर्यटकले सौराहामा लगाए दशैँको टीका र जमरा [भिडियो]](https://hamrakura.com/uploads/news/images/dasai-paryatak.jpg)
विदेशी पर्यटकले सौराहामा लगाए दशैँको टीका र जमरा [भिडियो]
सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादशैं मनाएका छन्। ...


