दसैँमा यात्रुका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, ३ दिन सञ्चालन हुने

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ। दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्र बहादुर कार्कीका अनुसार उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा आजबाट लगातार ३ दिन , बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ। काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ। यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ। दसैँको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बसको सेवा सञ्चालन गर्दै आइरहेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
-96247f13-c5ec-439f-b714-1c81d7a04517.jpeg&w=1200&q=75)
दशैंमा खासै चहलपहल छैन पृथ्वी राजमार्ग, सामान्य अवस्थामा छन् सवारी आउजाउ
• बडादशैंको समयमा राजधानीबाट गृहजिल्ला फर्कने यात्रुको चाप घटेको छ, जबकि सडक किनारका खानपिनका पसल र होटलहरू प्रायः बन्द छन्। • पृथ्वी राजमार्गमा यात्रुवाहक गाडीहरूको संख्या बढी देखिन्छ, तर ठूला मालवाहक गाडीहरूको उपस्थिति नगण्य छ। • सडकका कतिपय ठाउँमा यात्रा जोखिमपूर्ण छ, धुलियाम्मे र हिलोका कारण मोटरसाइकल तथा स्कुटर चालकहरूलाई सास्ती भोग्नुपरेको छ। ...

विराट साहित्य सङ्गममा दुई कृति सार्वजनिक
विराटनगर । विराट साहित्य सङ्गमको आयोजनामा २४२औँ साहित्यिक शृङ्खलाअन्तर्गत साहित्यकार भीमेन्द्रबहादुर कार्कीको ‘श्यामवेद द्वितीय’ र समालोचक तोमनाथ उप्रेतीको समालोचनासंग्रह ‘अक्षरभित्र चिन्तन’ लोकार्पण गरिएको छ । विराटनगरमा आयोजित कार्यक्रममा दसैं पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो । संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षता र विराटनगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष विवश पोखरेल प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकार बलराम पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, ...

काठमाडौंमा ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ७२ हजार ८० क्याप्सुल लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान करिब ४:३० बजेतिर काठमाडौंको दक्षिणकाली नगरपालिका–५,फर्पिङस्थित बसपार्कमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ ल्याइएको ट्रामाडोल बरामद गरिएको हो। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३,कोयरियाका २७ वर्षीय सुदीप पटेल र पर्साको वीरगन्ज महानगरपालिका–१७,अलौका २७ ...

‘उड्ता तीर’ले नेपालमा पाएन प्रदर्शन अनुमति
नेपाल सरकारले भारतीय फिल्म ‘उड्ता तीर’लाई देशभर प्रदर्शनका लागि अनुमति नदिने निर्णय गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरक कम्पनी ‘नेसनल सिने ग्रुप नेपाल’लाई पत्र पठाउँदै फिल्म प्रदर्शनमा रोक लगाइएको जानकारी गराएको हो। चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ (३) अनुसार निषेधित विषयवस्तु फिल्... ...


