विराट साहित्य सङ्गममा दुई कृति सार्वजनिक

विराटनगर । विराट साहित्य सङ्गमको आयोजनामा २४२औँ साहित्यिक शृङ्खलाअन्तर्गत साहित्यकार भीमेन्द्रबहादुर कार्कीको ‘श्यामवेद द्वितीय’ र समालोचक तोमनाथ उप्रेतीको समालोचनासंग्रह ‘अक्षरभित्र चिन्तन’ लोकार्पण गरिएको छ । विराटनगरमा आयोजित कार्यक्रममा दसैं पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो । संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षता र विराटनगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष विवश पोखरेल प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकार बलराम पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सशस्त्र प्रहरी बल ३ नं. गणका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारी, आदर्श माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक रमानाथ भट्टराई र झापाका साहित्यकार टहलदास शिवाकोटी लगायत विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कवि उमानाथ सागरले लोकार्पित कृति ‘श्यामवेद द्वितीय’ को कवितात्मक समीक्षा प्रस्तुत गरेका थिए । त्यस्तै समीक्षक निर्मला कोइरालाले ‘अक्षरभित्र चिन्तन’ को समीक्षात्मक चर्चा गरेकी थिइन् । स्रष्टा सुजाता राईको अनुसार संस्थाका सचिव गोपाल निर्भीकले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष जीवन काफ्लेले शब्दमार्फत उपस्थितजनको स्वागत गरेका थिए । समालोचनासङ्ग्रह ‘अक्षरभित्र चिन्तन’मा सीमा आभास, छवि बैरागी घिमिरे, उमेश लुइटेल, बाबुराम पोखरेल, मधु पोखरेल, अर्जुन नेपाल, भवानीप्रसाद पोखरेल, लोचन रिजाल, हरिप्रसाद अधिकारी, चन्द्रकान्त भट्टराई, नानुमैयाँ दाहाल, अम्बिका खरेल उप्रेती, नेत्र खतिवडा, शैलेन्द्र घिमिरे, हेमसागर पोखरेल, सिजन श्रेष्ठ र भीम कोइराला लगायतका स्रष्टाका कृतिमाथि गरिएको समालोचना समेटिएका छन् । उक्त कार्यक्रममा दर्जनौँ कविले आआफ्ना कविता वाचन गरेका थिए ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

आगलागीको सूचना पाएको एक मिनेटभित्र दमकल परिचालन गर्ने काठमाडौं महानगरको तयारी
काठमाडाैं । चाडपर्वमा आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरको विशेष तयारीः आगलागीको सूचना आएको एक मिनेटभित्रै दमकल परिचालन गरिने दशैं, तिहारलगायतका चाडपर्वमा हुनसक्ने सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । चाडपर्वका समयमा आगलागीको जोखिम बढ्ने भएकाले काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्गतको वारुण यन्त्र कार्यालयले विपद् व्यवस्थापनका उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ । ...

जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–ओदीमा सोमबार बम पड्किँदा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का... ...

फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, दुई हजार बढी पक्राउ
• फ्रान्सका प्रमुख सहरहरूमा जीवनयापनको लागत र सार्वजनिक सेवाहरूको खस्कँदो अवस्थाविरुद्ध ५ लाख ५० हजारभन्दा बढी मानिसहरूले प्रदर्शन गरेका छन्। • प्रदर्शनमा किसान, जलवायु अभियन्ता, ट्रेड युनियनका सदस्य र विद्यार्थीहरू सहभागी भएका छन्, जसले इन्धनको मूल्य र सार्वजनिक सेवासम्बन्धी विभिन्न मागहरू अघि सारेका छन्। • प्रदर्शनका क्रममा २ हजार ३९७ जना पक्राउ परेका छन् र ९९७ जना प्रहरी अधिकारी घाइते ...

रुस-युक्रेन युद्ध अन्त्य गर्न पुटिनले ट्रम्प र सीसामु राखे त्रिपक्षीय वार्ताको प्रस्ताव
काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ । द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा प्रस्ताव अघि सारेका थिए ...


